लगनगाठो कस्ने तयारीमा राजवल्लभ कोईराला

भदौं १९, काठमाडौं । केहि समयदेखि चलचित्र क्षेत्रबाट बिश्राम लिएका नायक राजवल्लभ कोईरालाले इन्गेजमेन्ट गरेका छन् । हाल अमेरिका बस्दै आएका कोईरालाले अमेरिका नै बस्दै आएकी प्रतिमा बिमली संग इन्गेजमेन्ट गरेका हुन् ।

इन्गेजमेन्ट अहिले सम्पन्न भएता पनि उनीहरुको विवाह भने डिसेम्बरमा हुने बुझिएको छ । चलचित्र ‘हाइवे टु घम्पुस’ को छायाँकनका लागि अमेरिका पुगेका कोइराला त्यसयता अमेरिका बस्दै आएका छन् ।

नेपाली म्युजिक भिडियो तथा चलचित्रमा समेत लोकप्रिय मानिएका राजको डेब्यु चलचित्र ‘पर्खी बसे’ हो ।

सम्बन्धित शिर्षकहरु