चलचित्र रिलीज नहुदै २ करोड भ्यूअर्स कटायो कुटुमा कुटुुले

काठमाडौँ । भदौं २३ बाट प्रदर्शनमा आउन लागेको चलचित्र दुई रुपैयाँको कुटुमा कुटु बोलको गीतले युट्युबमा २ करोड बढीदर्शक पाएको छ । यो गितलाई प्रदर्शन भएको ३ महिनामा २ करोड भन्दा बढी दर्शकले ले हेरेका छन्। यो गीतको भ्युअर्स नेपाली चलचित्र क्षेत्रको गीतमा अहिलेसम्मकै बढी हो।

अहिलेसम्म नेपाली चलचित्रका कुनै पनि गीतको युट्युबमा यतिधेरै भ्यूअर्स भएको छैन्। यो चलचित्र भदौ २३ गतेबाट देशव्यापी रुपमा प्रदर्शन हुदैछ । यस चलचित्रमा निश्चल बस्नेत,आशीफ शाह ,वुद्धि तामाङ र स्वस्तिमा खड्काको मुख्य अभिनय छ ।

सम्बन्धित शिर्षकहरु