राष्ट्रपतीय निर्वाचन बदर घोषित,अर्को चुनाव गराउन सर्वोच्चकोआदेश

भदौ १७,एजेन्सी । गत महिनाभएको अफ्रिकी मुलुक केन्याको राष्ट्रपतीय निर्वाचनको नतिजालाई सर्वोच्च अदालतले बदर घोषित गरिदिएको छ ।अदालतले ६० दिनभित्र अर्को चुनावगरी राष्ट्रपतिको चयन गर्न आदेश समेत दिएको छ ।

६ जनामध्ये ४ जना न्यायाधीशले निर्वाचन अवैध भन्दै त्यहाँको निर्वाचन आयोगले संवैधानिक रुपमा निर्वाचन नगराएको ठहर गरेका हुन् ।

यसअघि भएको निर्वाचनमा निर्वाचन आयोगले उहुरु केन्याटा विजयी भएको घोषणा गरेको थियो । केन्याटाले १४ लाख भोटको अन्तरले जित्नुभएको दाबी निर्वाचन आयोगले गरेको थियो ।

मुख्य विपक्षी गठबन्धनले गत महिना भएको निर्वाचनमा जालझेल गरिएको भन्दै निर्वाचन बदर गर्न माग गर्दै सर्वोच्च अदालत पुगेको थियो ।

सर्वोच्चको फैसलापछि वरिष्ठ नेता राइला ओडिंगाको नेतृत्वमा रहेको मुख्य विपक्षी गठबन्धनले निर्वाचन आयोगका सदस्यहरुले केन्याली जनताविरुद्ध ठूलो अपराध गरेकाले उनीहरुलाई जेल सजाय दिनुपर्ने बताउनुभएको छ ।

सम्बन्धित शिर्षकहरु