पहिरोमा परी २६ जनाको मृत्यु,९जना बेपत्ता

भदौं १६,चीन। चीनको दक्षिणपश्चिमी गुईझाउ प्रान्तमा गएको पहिरोमा परी मृत्यु हुनेहरुको संख्या सम्म २६ पुगेको छ ।

पहिरोमा परी हराईरहेका मध्ये नौ जना अहिले सम्म पनि भेटिएका छैनन भने आठ जना घाइते भएका छन् । उद्धारकर्ताहरुले हराइरहेकाको खोजी कार्य अझै पनि जारी राखेको स्थानीय अधिकारीले बताएका छन् ।

पहिरो गएदेखि अहिले सम्म स्थानीय प्रहरी, अग्नि नियन्त्रक, स्वास्थ्यकर्मी र स्थानीय सरकारी कर्मचारी गरी २८ हजार जना खोजी तथा उद्धारमा खटिएका थिए । पहिरोले ८० घरका कुल २८९ जना प्रभावित भएका छन् ।

उनीहरुसँगै ११० वटा आपतकालिन सवारी साधन, आठ वटा ड्रोन पनि खोजी तथा उद्धारमा परिचालन भएको उद्धार केन्दिीय कार्यालयले जनाएको छ ।

 

सम्बन्धित शिर्षकहरु