आजबाट एन्फाको फुटसल लिग सुरु

भदौ १५, काठमाडौं। आजबाट अखिल नेपाल फुटबल संघ एन्फाले फुटसल लिग आयोजना गर्दैछ ।१६ टोली सहभागी हुने फुटसल लिगको पहिलो संस्करण विजेताले ५ लाख नगद पुरस्कार हात पार्नेछ ।

यही प्रतियोगिताबाट पहिलो पटक नेपालको राष्ट्रिय फुटसल टोली छनोट गरिने एन्फाले जनाएको छ । प्रतियोगिताबाट २५ खेलाडी छनोट गरी बन्द प्रशिक्षणमा राखिनेछ ।

ती खेलाडीहरुबाट छानिएको अन्तिम टोलीले आगामी अक्टोबर १३ देखि २२ सम्म ईरानमा आयोजना हुने एएफसी फुटसल च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्नेछ ।

सम्बन्धित शिर्षकहरु