अमेरिकाको गुआममा आक्रमण गर्ने उत्तर कोरियाको धम्की

भदौ १४,एजेन्सी । उत्तर कोरियाले प्रशान्त महासागरमा आफ्नो सैन्य कारवाहीको पहिलो चरण अन्र्तगत जापानको जमिनमाथिबाट मिसाइल प्रहार गर्नु रहेको बताएको छ । उत्तर कोरियाले बुधबारचेतावनी दिदैं अबको आफ्नो तयारी प्रशान्त महासागरमा रहेको अमेरिकी क्षेत्र गुआममा मिसाइल आक्रमण गर्ने रहेको बताएको छ । उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएले जापानमाथिबाट मिसाइल प्रहार गर्नु आफ्नो देशको प्रशान्त महासागरको सैन्य कारवाही अभियानको पहिलो चरण रहेको चेतावनी दिएको हो । उत्तर कोरियाले मंगलबार बिहान ‘अल्ट्रा मोर्डन रकेट सिस्टम’ सहितको मिसाइल जापानको जमिनमाथिबाट प्रहार गरेको थियो । उत्तर कोरियाका नेता किम जोङ–उनले यो मिसाइल आक्रमणको प्रशंसा गरेको समाचार संस्था केसिएनएले उल्लेख गरेको छ । मिसाइल आक्रमणबाट नेता किम निकै उत्साहित रहेको प्योङयाङमा रहेका उत्तर कोरियाका अधिकारीलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु