भदौं १४,काठमाडौं ।आईतवार( भदौं १८गते) इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईद परेकाले नेपाल सरकारले सार्वजनिक विदा दिने भएको छ । गृह मन्त्रालयले एक सूचना जारी सार्वजनिक बिदा दिने घोषणा गरेको हो ।
इस्लाम धर्मावलम्बीहरुले प्रत्येक वर्ष मनाउने पर्व बकर ईद अर्थात इदुल जोहा भदौं १८ गते परेकाले सरकारले सो दिनको लागि सार्वजनिक विदा दिने घोषणा गरेकोको सूचनामा जनाईएको छ । आइतबार देशभरका मुस्लिम समुदायले बकर ईद पर्व मनाउँदै छ ।








