राष्ट्रपति ट्रम्पद्वारा आँधीप्रभावित क्षेत्रको भ्रमण

भदौं १४,एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प रअमेरिकी प्रथम महिला मेलानिया ट्रम्प भीषण आँधीबाट प्रभावित टेक्सस राज्यको कर्पस क्रिष्टि भ्रमण गरेका छन् ।टेक्सस राज्यमा बाढीले हजारौं मानिसलाई घर छोड्न बाध्य बनाएको छ ।

खासगरी ह्युष्टन क्षेत्रमा जहाँ दुई जलाशय भरिएर पानी बाहिर बगेको छ । आँधीबाट कम्तीमा ११ जना मारिएका छन् । त्यसमा एउटै परिवारका ६ सदस्य पनि परेका छन् । उद्धारकर्ताहरु अझ पनि अड्किरहेका मानिसहरुकहाँ पुग्ने प्रयत्न गरिरहेका छन् ।

टेक्ससमा पुग्ने वित्तिकै राष्ट्रपति ट्रम्पले आँधी आउँदा के गर्नुपर्छ भन्ने उदाहरण बन्ने किसिमको उद्धार प्रयत्न होस् भन्ने आफूले चाहेको बताए ।

सम्बन्धित शिर्षकहरु