भारतमा डुबान,१ करोड ६० लाख मानिस प्रभावित

भदौ १४, एजेन्सी। भारी वर्षाका कारण भारतको मुम्बईमा भएको डुबानका कारण १ करोड ६० लाख मानिस प्रभावित भएका छन् ।

अत्याधिक वर्षाका कारण मुम्बईका अधिकांश भूभाग जलमग्न भएका छन् । डुबानले हवाई र रेलवे सेवासमेत अबरुद्ध बनेका छन् भने विद्यालय र कलेज बन्द गरिएका छन् ।

मुम्बईको एक अस्पताल पुरै डुबानमा परेकाले त्यहाँका बिरामीलाई अन्यत्र सारिएको छ । भारी बर्षाका कारण सयौं सवारी साधन सडकको बीचमै रोकिएका छन् ।

मौसमविदहरुले बर्षा अझ केही दिन रहने बताएका छन् । डुबान प्रभावितहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ

सम्बन्धित शिर्षकहरु