मैत्रीपूर्ण खेलमा नेपाल ३-१ ले विजय

भदौ १३,काठमाडौं । मंगलबार ललितपुरको लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा भएको खेलमा नेपालको राष्ट्रिय भलिबल टोलीले बंगलादेशलाई मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । नेपाल ३–१ ले विजयी भएको हो ।

नेपाली टोलीले पहिलो सेटमा पराजय व्यहोरे पनि त्यसपछि भने लगातार तीन सेट जित्न सफल भयो । नेपाल २५–२७, २५–१७, २५–१६ र २५–२३ ले विजयी भयो ।

तीन हप्ताको प्रशिक्षणको अवधिमा नेपालको यो दोस्रो अन्तर्राष्ट्रिय अभ्यास खेल हो ।

यसअघि, गत शनिबारमात्रै राजधानीमा डेनमार्कको ुएु डिभिजन टोली मिलवोभालाई पराजित गरेको नेपालले बंगलादेशसँग दुईओटा मैत्रीपूर्ण खेल खेल्न लागेको हो । दोस्रो खेल बुधबार हुनेछ ।

यसअघि, दोस्रो एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा बंगलादेशले नेपाललाई हराएको थियो । नेपालले अभ्याससँगै बदलासमेत लिएको छ ।

सम्बन्धित शिर्षकहरु