बाढी पहिरोमा परी चीनमा दुईको मृत्यु, २५ बेपत्ता

भदौं १३, एजेन्सी । चीनको गोन्जाउ प्रान्तमा सोमबार गएको पहिरोमा परी कम्तीमा दुईको मृत्यु हुनुको साथै अन्य २५ जना बेपत्ता भएका छन् ।

स्थानीय समयाअनुसार बिहान १०ः४० मा झाङ्गजीआवानका गएको पहिरोमा परी कम्तीमा ३४ वटा घर प्रभावित भएको बेइजिङ प्रचार विभागले जनाएको छ ।

उद्धारकर्ताले पहिरोबाट चार जनालाई जीवितै उद्धार गरेका छन् भने दुई जनाको शव निकालेका छन् । अरु २५ जना अझै पनि हराइरहेकाले खोजी भइरहेको अधिकारीहरुले बताएका छन् ।

नागरिक सहायतासम्बन्धी स्थानीय अधिकारीले त्रिपाल, कपडा र ओच्छ्यानहरु घटनास्थलतर्फ पठाएका छन् ।

सम्बन्धित शिर्षकहरु