खाद्य संस्थाको राहत सामाग्रीमा बालुवा,ढुंगा र गोबर

दौं १२, काठमाडौं । खाद्य संस्थानले बाढीपीडितका लागि तराई पठाउन लागेका राहतका प्याकेटमा ढुंगा, बालुवा र गोबर फेला परेको छ ।

आपूर्तिमन्त्री शिवकुमार मण्डल तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमार दाहालसहितको अनुगमन टोलीले संस्थानको थापाथली गोदाममा अनुगमन गर्दा यस्तो फेला परेको हो । उजुरीको आधारमा गोदाममा अनुगमन गर्दा ठेकेदारले सिमीको प्याकेटमा ढुंगा, बालुवा र धुलो मिसाएको भेटिएको हो ।

सम्बन्धित शिर्षकहरु