सामसङ कम्पनीका सन्चालकलाई पाँच वर्ष जेल सजाएको घोषणा

भदौ ९,काठमाडौं। दक्षिण कोरीयाको स्मार्ट फोन कम्पनी सामसङका दोस्रो वरियताका सन्चालकलाई घुसखोरीको आरोपमा पाँच वर्ष जेल सजाय तोकिएको छ ।

पूर्वराष्ट्रपति पार्क गुएन हायका निकट मानिने ली जाय योङलाई आफु अनुकुल निर्णय गराउन आर्थिक चलखेल गरेको आरोपमा दोषी करार गरिएको हो ।

उनीमाथि घुसखोरी, आर्थिक दुरुपयोग तथा विदेशमा सम्पत्ति लुकाएको अभियोग लगाइएको थियो ।

अभियोजनकर्ताहरुले १२ वर्षको जेल सजाय माग गरेपनि दक्षिण कोरियाली अदालतले शुक्रबार (आज) पाँच वर्षको सजाय तोकेको हो । सामसङ कम्पनीको उत्तराधिकारीको रुपमा हेरिएका लीले पूर्व राष्ट्रपतिको साथीले चलाएको गैरनाफामुलक संस्थालाई ३ करोड ६० लाख अमेरिकी डलर चन्दा सहयोग गरेका थिए ।

यो सहयोगबापत आफू र कम्पनीको पक्षमा अनुचित लाभ लिएको कसूर अदालतले प्रमाणित गरेको हो ।

सम्बन्धित शिर्षकहरु