साउन २८ , काठमाडौं । भारतीय विदेशमन्त्री सुषमा स्वराजले कांग्रेस–माओवादी केन्द्र सत्ता समीकरणको प्रशंसा गरेकी छन् । भारतको ७० औं गणतन्त्र दिवसका अवसरमा काठमाडौंस्थित भारतीय दूतावासले शुक्रबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई देखाउँदै भनिन् – देउवाजी र प्रचण्डजीबीच विश्वासको वातावरण देखियो । प्रचण्डजीले विभिन्न बाधा अवरोधबीच पहिले गरेको वाचाअनुसार सत्ता छाड्नु भयो ।’ स्वराजले उत्साहित हुँदै थपिन् – त्यसकारण अब अहिले देउवाजी सत्तामा हुनुहुन्छ । उहाँहरुबीच लोकतान्त्रिक पद्धतिमा भएको सहकार्यको म प्रशंसा गर्छु । यो नेपालका लागि एकखाले अध्याय हो ।’ यसो भनिरहँदा देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मुस्कुराइरहेका थिए । आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ ।
सम्बन्धित शिर्षकहरु
गर्भ बसेपछि प्रेमिकाको हत्या
पर्वत । आफ्नै प्रेमिकालाई हत्या गरी कालीगण्डकी नदीमा फाल्ने एक युवक प्रहरीद्वारा पक्राउ परेका छन् । पर्वत […]
नेपालको अगुवाईमा विश्वभर विश्व ध्यान दिवस सम्पन ,हजारौंको सहभागिता (Photo Feature )
असनेपालन्युज ,राम भक्त्त घिमिरे । धर्ती जगमगाएको दिवस। विश्व गुरु देश नेपालको अर्को एक उचाई । विश्व […]
ठेकेदारले स्थानीय तह निर्वाचनमा लड्न नपाउने
काठमाडौँ। स्थानीय तहको ठेक्कापट्टामा संलग्न रहेका व्यक्ति उम्मेदवार हुनबाट बञ्चित हुने भएका छन् । […]
फुटिसकेको नेकपा जुटाउन चिनियाँ टोलीको दौडधूप
काठमाडौं । नेपालमा प्रतिनिधिसभा विघटनसँगै नेकपा फुटेका बेला चीनले पहिलो पटक नेपालको राजनीतिक मामिलाको विषयमा […]
जातीय विभेदको अन्त्य राजनीतिक हस्तक्षेपबाट मात्र सम्भव
छुवाछुतमुक्त राष्ट्र घोषणाको सन्दर्भ : ऐतिहासिक जनआन्दोलन तथा जनक्रान्ति सम्पन्न भएका ठूला मुलुकमा दलितजस्ता […]
प्रधानमन्त्रीको उपचार अब कसरी- डायलाइसिस कि प्रत्यारोपण ?
काठमाडौं । मिर्गौलाले काम गर्न छाडेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार अब कसरी गर्ने भन्नेबारे आइतबार […]


