नेपाली विद्यार्थी अध्यायनका लागि किन रोज्छन अष्ट्रेलिया ? यस्तो छ कारण

साउन ११,काठमाडौं । विदेश जाने विद्यार्थीको रोजाईमा अष्ट्रेलिया नै बढि पर्ने गरेको छ । अन्यदेशको तुलनामा आर्थिक वर्षमा सबैभन्दा बढी नेपाली विद्यार्थीपढ्नको लागि अष्ट्रेलिया गएका छन् ।
विदेश पढ्न जानेको लागि शिक्षा मन्त्रालयबाट ‘नो अब्जेसन लेटर’ लिनेमध्ये झण्डै आधाले अष्ट्रेलियाका लागि लिएको मन्त्रालयले जनाएको छ । गत वर्ष ५० हजारभन्दा बढी नेपाली बिद्यार्थीले बिदेशमा अध्ययन गर्न शिक्षा मन्त्रालयबाट ‘नो अब्जेसन लेटर’ लिएका थिए । शिक्षा मन्त्रालयबाट नो अब्जेसन लेटर लिने ५० हजार ६ सय ५९ बिद्यार्थीमध्ये २४ हजार २ सय ३३ बिद्यार्थीले अष्ट्रेलियाका लागि आवेदन दिएको मन्त्रालयले जनाएको छ । अष्ट्रेलियाको भिषा आवेदनका लागि करिव ४५ हजार नेपाली रुपैयाँ पर्छ । मन्त्रालयका अनुसार अध्ययनका लागि भिषा आवेदन गर्दा आर्थिक वर्ष २०७३/७४ मा मात्र डेढ अर्ब रुपैयाँ बिदेशिएको छ । गत वर्ष ३२ हजार ४ सय ८९ नेपाली बिद्यार्थीले बैदेशिक अध्ययनका लागि आवेदन दिएकोमा यस वर्ष त्यस भन्दा १८ हजार १ सय ७० बढी बिद्यार्थीले आवेदन दिएका छन् ।

अष्ट्रेलियामा विद्यार्थीहरुको चाप किन बढिरहेको प्रमुख कारण अष्ट्रेलियामा हप्ताको २० घण्टा काम गर्न पाइनु र विषयहरुमा विविधता हुनु मूख्य आकर्षण हो । त्यस्तै अष्ट्रेलियामा नेपालीहरु उल्लेख्यमात्रामा रहेका छन् । छन् त्यसैले आफन्त वा साथीभाइको कारणले पनि जाने गरेका छन् । जसले गर्दा त्यहाँ गएर उनीहरुलाई बस्न र काम खोज्न पनि सजिलो हुन्छ ।”
अहिले अष्ट्रेलियामा जाने विद्यार्थीमा सबैभन्दा बढी +२ पढाइ सकेर जाने विद्यार्थीहरु रहेका छन् भने त्यसमध्ये अधिकांश विज्ञान विषय लिएर पढेका विद्यार्थी छन् । हाल नर्सिङ्ग, आइ.टि, एनिमेसन,अकाउन्टिंग जस्ता प्राविधिक विषयहरु विद्यार्थीको रोजाइमा परिरहेका छन् ।

सम्बन्धित शिर्षकहरु