एमाले नेता नेम्वाङ्ग अस्पताल भर्ना

साउन ९, काठमाडौं । नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ अस्वस्थ भई अस्पतालमा भर्ना भएका छन् ।

‘मधुमेहको मात्रा एक्कासी बढेपछि नेम्वाङलाई सोमबार बिहान प्रदर्शनीमार्गस्थित काठमाडौँ मोडल अस्पताल भर्ना गरिएको एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताए।

‘उहाँ पहिलेदेखि नै मधुमेहको बिरामी हुनुहुन्थ्यो । आज बिहान ८ : ३० बजेतिर एक्कासि बान्ता गरेपछि अस्पताल भर्ना गरिएको सचिव श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार नेम्वाङको अहिले स्वास्थ्यमा सुधार आएको पनि चिकित्सकको अवलोकनका लागि अस्पतालमा नै राखिएको छ ।

 

सम्बन्धित शिर्षकहरु