महेश्वर शर्मा
सिड्नी अष्ट्रेलिया
नेपाली नारीहरुको महान पर्व हरितालिका तीज नजिकिंदै गर्दा नेप्लिज स्क्युड इन्टरटेन्मेन्टको प्रस्तुतीमा सिड्नीमा तीज मेला २०१७ हुनेभएको छ। “इ प्लानेट तीज मेला २०१७”नाम दिइएको सो कार्यक्रम सिड्नीमै पृथक हुने आयोजकले बताएका छन। निशुल्क प्रवेश रहने सो कार्यक्रम सिड्नीको रकडेल स्थित बाइसेन्टियल पार्कमा हुनेछ भने सो कार्यक्रममा हजारौंको उपस्थिति रहने बताइएको छ । नेपालबाट आउने चर्चित कलाकारहरुको जोडदार प्रस्तुती सँगसँगै,नेपालि खानाका स्टलहरु, बालवालिका तथा युवाहरुलाइ बिभिन्न खेल ,आकर्षक गिफ्टहरु ,नेपालकै मेलाको झल्को दिने कार्यक्रम हुने आयोजक मध्येका एक सागर अधिकारीले असनेपालन्युजलाइ बताए।
सो कार्यक्रममा चर्चित गायक गायीकाहरु पशुपति शर्मा,खुमन अधिकारी,देवी घर्ती मगर ,रमिला न्यौपाने र कलाकार वर्षा राउत को जोडदार प्रस्तुती रहनेछ। सो कार्यक्रम १६ जुलाई २०१७ आईतबार ११ बजे देखि साँझ ६ बजेसम्म हुनेछ।








