फेरी एमालेको विजयलाई कसैले रोक्न सक्दैन ओली

असार १०, उर्लावारी (मोरङ) । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌ओलीले आगामी असार १४ गते हुने स्थानिय तहको निर्वाचनमा एमालेको विजयलाई कसैले रोक्न नसक्ने बताएका छन्।

नेकपा एमाले मोरङको उर्लावारी नगर कमिटीले आज आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले पहिलोचरणको भन्दा दोस्रोचरणको निर्वाचनमा एमाले अझ बढी स्थानमा विजय हुने दाबी गरे । एमालेले राष्ट्रिय स्वाभिमानका लागि राष्ट्रिय झन्डा प्रयोग गरेको भन्दै ओलीले भने, ‘राष्ट्रिय झन्डा च्यातिदा चुप लागेर बस्ने अनि एमालेले उठाउँदा आपत्ति जनाउने ।’

यो निर्वाचनमा एमालेले जित्नेमा कुनै शंका नरहेको उनले बताए । उर्लावारीको समग्र विकासको लागी एमाले गुरुयोजना बनाएर अघि बढ्छ । हिजोका दिनमा मावा र बक्राहा खोला उर्लाबारीको पीडाको विषय बनेको थियो अब ती पीडाका विषय नरहने र त्यसलाई नियन्त्रण गरेर लाभ लिन सकिने छ’।

आफुले देश बनाउने कुरा गर्दा विपक्षीदलले त्यसलाई अनेक आरोप लगाएको भन्दै ओलीले, हामी विकासको कुरा गर्छौं उनीहरु त्यसलाई उखान तुक्का बुझ्छन् । देश बनाउने सङ्कल्प बोकेर हिँडेकै कारण एमाले कसैसँग पनि झुक्दैन ।

सभामा एमालेका केन्द्रिय सदस्य डा.शिवमाया तुम्बाहाम्फे, हिक्मत कार्की, एमाले सल्लाहकार सदस्य घनश्याम खतिवडाले पनि आफ्नो धारणा राखेका थिए । सभामा उर्लावारीका नगर प्रमुख पदका उम्मेदवार भुपालसिंह जिमी र उपप्रमुख पदकी उम्मेदवार लक्ष्मी भण्डारीले पनी आफ्नो प्रतिबद्दता राखेका थिए । रासस

सम्बन्धित शिर्षकहरु