रेलले किचेर तीन नेपाली युवकको ज्यान गयो

जेठ ३१ । विराटनगर, सीमावर्ती भारतको जोगवनीमा गुडिरहेको रेलले किचेर तीन जना नेपाली युवकहरुको ज्यान गएको छ ।

मृत्यु हुनेमा मोरङको कदमाहा-८ का २५ वर्षीय रमेश शर्मा, जुडीघाट–८ का १६ वर्षीय राजु ऋषिदेव र धनुषा सिग्याहीमडानका २६ वर्षीय विनोद यादव रेलले किचिएर मारिएको सीमा प्रहरी कार्यालय जोगवनीले जनाएको छ ।

भारतको अररियास्थित अस्पतालमा परीक्षणपछि मारिनेहरुको शव परिवारलाई बुझाइएको छ ।

प्राप्त जानकारीअनुसार मङगलबार राति ८ बजे तीनैजनालाई उनीहरु चढेको को १७ प ३६९३ नम्बरको मोटरसाइकल रेलको लिकबाट पार गर्न खोज्दा सोही समयमा तीव्रगतिमा आएको रेलले किचेको थियो । नम्बर ५५७४२ सो रेलबाट जोगवनीबाट कटिहार जाँदै थियो ।

सम्बन्धित शिर्षकहरु