उपेन्द्र यादव नेतृत्वको पार्टी र सरिता गिरी नेतृत्वको पार्टी एउटै हुने

जेठ २६ । उपेन्द्र यादव नेतृत्वको पार्टी संघीय समाजवादी फोरम नेपाल र सरिता गिरी नेतृत्वको नेपाल सदभावना पार्टी एकिकरण गरिने भएको छ ।आजै पत्रकार सम्मेलन गरेर पार्टी एकताको घोषणा गरिने संघीय समाजवादी फोरम नेपालकी पोलिटब्यूरो सदस्य रेखा यादवले जानकारी दिनु भयो ।
स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा दुई पार्टीबीच एकता हुन लागेको हो ।

आज एकता घोषणा मात्र हुने र सदभावना नेता कार्यकर्ताको समायोजनबारे पछि निर्णय हुने फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

सम्बन्धित शिर्षकहरु