असार २१, काठमाण्डौं । प्रधानमन्त्री शेर बहादुर देउवाले चांडै भारत भ्रमण गर्नुहुने भएको छ । प्रधानमन्त्रीको भ्रमणको मिति भने तय भएको छैन । भारतका विदेशमन्त्री सुष्मा स्वराजको निमन्त्रणामा ४ दिने भारत भ्रमण सकेर मंगलबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्ण बहादुर महराले मिति भने कुटनितिक माध्यमबाट तय गरिने जानकारी दिनुभयो ।
परराष्ट्रमन्त्री महराले आफ्नो भ्रमण दुई मुलुकबीच उच्च तहमा भएका भ्रमणको आदानप्रदान गर्न सहयोगी भएको बताउँदै यस्ता भ्रमणले आपसी सम्बन्ध थप घनिष्ट बनाउन सहयोग गर्रे विश्वास व्यक्त गर्नुभयो । भ्रमणका क्रममा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको शिखर सम्मेलनका बारेमा पनि कुराकानी भएको थियो । उहाँले सार्क शिखर सम्मेलन आयोजना गर्ने विषयमा भारत सकारात्मक भएको बताउनुभयो । उहाँले भारतीय समकक्षी सुष्मा स्वराजसँग सार्क शिखर सम्मेलनबारे पनि छलफल भएको बताउनुभएको थियो । उहाँले सम्मेलन आयोजनाको लागी भारत सकारात्मक भएको बताउनुभयो । छ महिनाअघि नै पाकिस्तानमा हुनुपर्ने सम्मेलन भारत तथा अन्य सदस्य राष्ट्रले सहभागी नहुने बताएपछि स्थगन भएको थियो ।
त्यस बेला जम्मुकास्मीरको उरीमा आतंककारी हमला भएको कारण देखाउँदै भारतले सम्मेलनमा सहभागी नहुने जनाएको थियो । त्यस लगत्तै भुटान,श्रीलंका र बंगलादेशले पनि सम्मेलनमा सहभागीता हुन नसक्ने जनाएका थिए । सार्कको बडापत्र अनुसार सबै सदस्य राष्ट्रको सहभागीतामा मात्र शिखर सम्मेलन हुने गर्छ । नेपाल अहिले सार्कको अध्यक्ष राष्ट्र रहेको छ । त्यस नाताले सम्मेलनको नयाँ मिति तय गर्ने जिम्मा नेपालको रहेको छ ।
उहाँले भारतीय सहयोगमा सञ्चालित विभिन्न विकास परियोजन कार्यान्वयनलाई थप गति दिने व्यापार असन्तुलन कम गर्ने नेपालको निर्यात बढाउने लगायतका आपसी विश्वास तथा मैत्रीसम्बन्ध प्रगाढ पार्न सहयोग पुगेको बताउनुभयो । उहाँले भ्रमणका क्रममा नेपालका लागि सहप्रमाणीकृत नियोग प्रमुखसँग भएको अन्तरक्रियाबाट मुलुकको शान्ति तथा विकास प्रयासमा सबैको सद्भाव हासिल हुने विश्वास लिएको छु भन्नुभयो ।
परराष्ट्रमन्त्री महराले आफ्नो भ्रमणले नेपाल र भारतबीच शदियाँदेखी रहँदै आएको मैत्रीपुर्ण एवं बहुआयामिक सम्बन्ध थप सुदृढ भएको बताउनुभयो । उहाँले भन्नुभयो मेरो भारत भ्रमणले नेपाल भारत बहुआयामिक सम्बन्ध थप सुदृढ तुल्याउन पद्दत पुगेको छ । मन्त्री महराले दुई मुलुकबीच आर्थीक,सामाजिक विकास तथा पुर्वाधार निर्माणसम्बन्धी सम्झौता एवं सहमति लगाएत हाल चालु परियोजनाको समयबद्द रुपमा सफल कार्यान्वयन गर्न तथा सहयोगका नयाँ क्षेत्रको पहिचान गर्ने तर्फ महत्वपुर्ण योगदान पुगेको विश्वास व्यक्त गर्नुभयो । भारतका विदेशमन्त्री स्वराजको मैत्रीपूर्ण निमन्त्रणामा यही असार १९ देखी २० गते सम्म परराष्ट्रमन्त्री महराले भारत भ्रमण गर्नुभएको हो ।
गैरआवासिय राजदुतसँगको बैठकमा आफुले संयुक्त राष्ट्रसंघिय मानवअधिकार परिषद नेपालको उम्मेदवारीका साथै मानव अधिकारको संरक्षण र प्रवद्धनका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धिका विषयमा जानकारी गराएको परराष्ट्रमन्त्री महराले जानकारी दिनुभयो ।
त्यस बैठकमा ३७ राष्ट्रका गैरआवासीय नियोग प्रमुखहरुको सहभागीता थियो । मन्त्री महराका अनुसार ती सबै नियोग प्रमुखले नेपालप्रति सद्भाव दर्शाउनुका साथै विगत ११ वर्षदेखी भएको सामाजिक – राजनितिक रुपान्तरण प्रति चासो लिनुभएको थियो ।
उहाँले बैठक मार्फत आफुले नेपालको परराष्ट्र नितीको दिशा र अभिष्टबारे अवगत गराउनुका साथै सबैको सद्भाव हासिल गर्न प्रयास गरेको बताउनुभयो । नेपालको सामाजिक-राजनितिक रुपान्तरण सबै मुलुकको चासो र उत्सुकता रहेको बताउँदै मन्त्री महराले भन्नुभयो । ती सबै मुलुकसँगको सम्बन्धलाई हामीले उच्च महत्व दिइआएका छौं ।
आजको गोरखापत्र दैनिकमा खवर छ ।








