मंसिर १२ ।काठमाडौं,परराष्ट्र तथा आर्थिकविदहरुले १८ औं शिखर सम्मेलनमा नेपाल सरकारले अत्यन्तै कुशलताका साथ व्यवस्थापन, कुटनीतिक क्षमता एवम राजनीतिक क्षमताको प्रर्दशन गर्न सफल भएको बताएका छन ।
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनीहरुले भर्खरै सम्पन्न १८ औं सार्क शिखर सम्मलेन व्यवस्थापकीय, सूरक्षा, कुटनीतिक तथा राजनीतिक सबै हिसावले सफलताका साथ सम्पन्न भएको भन्दै यसले सार्क क्षेत्रमा मात्रै नभएर विश्व जनसमूदायको माँझमा नै सकारात्मक सन्देश गएको बताए ।
साक्षात्कारमा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. दिनेश भट्टराईले नेपालले विशेष परिस्थितिको बावजुद पनि शिखर सम्मेलन अत्यन्त सफलतापूर्वक सम्पन्न गरेको भन्दै आगामी दिनमा सार्कले गति लिने समेत विश्वास व्यक्त गर्नु भयो ।
उहाले भने, दक्षिण एशियाका नेताहरुको माँझ नेपाल व्यवस्थापकीय र सूरक्षाको दृष्टिकोणको हिसावले महत्वपूर्ण तथा ठूला सम्मेलनहरु गर्नको लागि सक्षम छ भन्ने कुराको प्रमाणित भएको छ ।’ सार्क सम्मेलनमा हुने भनिएका तीन सम्झौताहरु नहुने छाँटकाँट देखिएपछि अध्यक्षको हैसियतले प्रधानमन्त्री सुशील कोइरालाले सरकारप्रमुखहरुलाई धुलिखेलमा आयोजित रिट्रिटमा उर्जा सम्झौतामा सहमत गराउन सफल भएको समेत उनले जानकारी दिनु भयो ।
डा. भट्टराईले सम्मेलनले धेरै निर्णयहरु गरेको उल्लेख गर्दै ती मध्ये कतिपय निर्णयहरुलाई प्राथमिकतामा राखेर कार्यन्वयन गर्नुपर्नेमा जोड दिनु भयो ।
उहाले सार्क सचिवालयलाई स्तरोन्नती गर्नुपर्ने भन्दै प्रभावकारी रुपमा कामकारवाही अघि बढाउन सक्ने बनाउनुपर्ने वारेमा समेत सम्मेलनमा छलफल भएको जानकारी दिँदै अब सार्कले भएका संरचनाहरु समेत प्रभावकारी तथा उपयोगी बनाउनुपर्ने बताउनु भयो ।
उहाले सार्क क्षेत्र पर्यटनको हिसावले पनि उपर्युक्त क्षेत्र भएको भन्दै यस क्षेत्रमा प्राकृतिक, साँस्कृति तथा ऐतिहासिक संरचनाहरुको संरक्षण एवम प्रर्वद्धन गर्दै सार्कलाई टुरिष्ट हबको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै उहाले सार्क क्षेत्र गरिवी, भ्रष्टाचार एवम मानव वेचविखनले परिचित भएको भन्दै यस्ता व्याप्त समस्याहरको निराकरणको लागि सामूहिक रुपमा अघि बढन् समेत यसपटकको सम्मेलनमा पारदर्शीता, जवाफदेहीता र भ्रष्टाचार विरुद्ध शून्य सहनशिलताको नीतिमा व्यापक छलफल गरी काठमाडौं घोषणापत्रमा पारित भएको जानकारी दिनु भयो ।
पूर्व पराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले व्यवस्थापकीय एवम सूरक्षाको दृष्टिकोणले सम्मेलन अत्यन्तै सफल भएतापनि नेपालको आन्तरिक राजनीति एवम कुटनीतिक अपरिपक्वताका कारणले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने भनिएको काठमाडौं बाहिरका धार्मिक भ्रमणहरुको वारेमा गज्याङ्मज्याङ देखा पर्नु नकारात्मक भएको टिप्पणी गर्नु भयो ।
लोहनीले १७ वर्ष पहिले आफू पराष्ट्रमन्त्री हुँदा प्रस्ताव गरिएको नेपाल–भारत उर्जा सम्झौतामा भारतले चासो नदिएका कारण रोकिएको भन्दै भारतमा मोदी आउना साथ यसले प्राथमिकता पाएको कारण उक्त सम्झौता सार्क स्तरमै हुनु अत्यन्तै ठूलो उपलब्धि भएको बताउनु भयो । उहाले उर्जा सम्झौताको ट्रेण्डले निरन्तरता पायो भने भोलीका दिनमा रेल, यातायात लगायतका सम्झौताहरु समेत हुने विश्वास व्यक्त गर्नु भयो ।
उहाले नेपालमा सार्क सम्मेलन गर्ने भनेर दुई वर्ष पहिल्यै नै थाहा हुँदाहुँदै एक्कासी दुई महिना भित्र तयारी गर्दा असारे विकास बजेट खर्च गर्नु भयो । जस्तो भन्दै सरकारको चर्को आलोचना गर्नु भयो । भारतीय प्रधानमन्त्री मोदी र पाकिस्तानी प्रधानमन्त्री सरिफले सम्मेलनको उद्घाटन सत्रमै हात मिलाएर सकारात्मक सन्देश प्रवाह गर्न सकेको भए राम्रो हुने थियो भन्दै समापनमा हात मिलाउनु पनि सकारात्मक भएको टिप्पणी गर्नु भयो ।
लोहनीले मोदीले सहमतिमै संविधान निर्माण गर भनेर सैद्धान्तिक रुपमा सल्लाह दिएको भए राम्रै भएको भन्दै खुल्ला रुपमा अभिव्यक्ति दिनु भने नकारात्मक भएको समेत टिप्पणी गर्नु भयो ।
उहाले भने,’अरु केहीमा नभएपनि धर्मनिरपेक्षताको विषयमा सदनमा मतदान हुन्छ, दुई तिहाई बहुमतबाट निर्णय लिईन्छ ।’
पराष्ट्रविद एवम एमाले सभासद डा. राजन भट्टराईले नेपालको पाटोबाट हेर्दा शिखर सम्मेलन सफल एवम उपलब्धिमूलक भएको बताउनु भयो ।
उहाले हिजोको दिनमा दिपक्षीय रुपमा गर्न नसकिएका उर्जा सम्झौताहरु समेत सार्कस्तरीय रुपमा सम्पन्न भएको उल्लेख गर्दै नेपालको लागि यो महत्वपूर्ण उपिलब्धि भएको प्रष्ट पार्नु भयो।
उहाले सार्कले गरेका विभिन्न खाले घोषणहरुलाई निश्चित समय तालिका बनाएर प्राथमिकताका आधारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो।
भट्टराईले सार्क सचिवालय पूर्नसंरचना तथा स्तरोन्नती गर्ने निर्णय यसपटक भएको भन्दै अब सार्कले गति लिने समेत विश्वास व्यक्त गर्नु भयो । उहाले सार्कमा भएका कतिपय महत्वपूर्ण निर्णयहरु भने भारत–पाक सम्बन्धका कारण प्रभावमा परेको समेत गुनासो गर्नु भयो । उहाले साफ्टा जस्ता महत्वपूर्ण घोषणा भएपनि अझै व्यवहारतः कार्यन्वयनमा आउन नसकेको समेत टिप्पणी गर्नु भयो। यद्दपी उहाले यसपटक भने भारत–पाकिस्तान दुबै राष्ट्रका सरकारप्रमुखहरुले महशुश गरेको उल्लेख गर्दै आगामी दिनमा यसले गति लिने विश्वास व्यक्त गर्नु भयो ।
फोरम लोकतान्त्रिकका नेता जीतेन्द्र देवले पनि सार्क व्यवस्थापकी क्षमता, कुटनीतिक कौशल र राजनीतिक क्षमताले सफल भएको बताउनु भयो । उहाले नेपालका प्रधानमन्त्री सुशील कोइरालाले भारत र पाकिस्तानका समकक्षीहरुको मिलनको लागि उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै प्रधानमन्त्रीको कदम एकदमै सकारात्मक भएको उल्लेख गरे । उनले भने–‘यसले के सन्देश दिन्छ भने नेपाल सार्क क्षेत्रमा स्थायित्व, शान्ति, समृद्धि र राजनीतिक एकता कायम गराउनको लागि सक्षम छ ।’
उहाले नेपालले हिन्दूस्तान र पाकिस्तानको वीचमा समन्वयकारी भूमिका खेल्न सके सार्कमा राजनीतिक एकता कायम भई सार्क सशक्त र प्रभाकारी हुने दाबी गर्नु भयो । उहाले सार्क क्षेत्रमा यतिवेला कनेक्टिभिटीको आवश्यकत्ता रहेको उल्लेख गर्दै सार्क सम्मेनलमा भएको उर्जा सहकार्य सम्झौतालाई आर्थिक सामाजिक र सामरिकका आधारमा कार्यन्वयन गर्नुपर्ने बताउनु भयो । यद्दपी उहाले यसपटक पनि घोषणाहरु धेरै भएको भन्दै अब आगामी दिनमा घोषणाका ढड्डाहरुलाई कम गर्दे कार्यन्वयनको पाटोमा जोडदिनुपर्ने आवाश्यकत्ता औंल्याउनु भयो ।
त्यस्तै अर्का पराष्ट्रविद डा. शम्भुराम सिंखडाले पनि सम्मेलन भव्य र सफल रुपमा सम्पन्न भएको बताउनु भयो ।
सम्मेनल सफल बनाउन प्रधानमन्त्री कोइरालाले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सिंखडाले भारत र पाकिस्तानका प्रधानमन्त्रीलाई हात मिलाउन पनि कोइरालाले राम्रो भूमिका खेलेको बताउनु भयो ।
उहाले सार्कको मन्त्रिपरिषद र सचिवालयको भूमिका प्रभावकारी हुनुपर्ने समेत स्पष्ट पार्नु भयो ।
उहाले भारत–पाकिस्तानको सम्बन्ध सुध्रिएको माहौल सफल भैरहेको भन्दै अबको सम्मेलनको आयोजक पाकिस्तान भएकाले उसले कस्तो भूमिका निर्वाह गर्छ भन्नेमा भरपर्ने समेत धारणा राख्नु भयो ।








