पर्सा, २६ जेठ – यही जेठ २२ गते राति वीरगन्जको छपकैयामा खाजा खाइरहका अनुप तिवारीमाथि वीरगन्ज निवासी सुजित गिरी, एजाजबाबु राँकी र कृष्णा चौरसियाले आक्रमण तथा दुव्र्यवहार गरेका थिए । सोही घटनाको निन्दा गर्दै नेपाल पत्रकार महासङ्घ पर्सा शाखाले आज वीरगन्जमा जुलुस प्रदर्शन गरेको छ ।
समाचार लेखेकै आधारमा सञ्चारकर्मीमाथि दुव्र्यवहार गर्नेलाई कारबाहीको गर्नुपर्ने माग राख्दै महासङ्घले जलुस प्रदर्शन गरेको हो । कोणसभामा शाखाका अध्यक्ष श्याम बन्जाराले सामाचार लेखेकै कारण पत्रकार तिवारीमाथि भएको जस्तो कार्य निन्दनीय भएको बताउनुभयो । आक्रमण गर्ने लाई कारबाही गर्न निवेदन दिइएको छ ।
घन्टाघर चोकबाट निकालिएको जुलुस माईस्थान, महावीरस्थान, आदर्शनगर, मीना बजार हुँदै पुनः घन्टाघर चोकमै पुगी कोणसभामा परिणत भएको थियो ।








