काठमाडौँ, ५ जेठ – नेपाली साहित्यको अन्तर्राष्ट्रियकरणका लागि सूत्रधार बन्दै आउनुभएका वरिष्ठ कवि तुलसी दिवसले यही जेठको दोस्रो साता संयुक्त राज्य अमेरिकामा सम्मान ग्रहणका साथै एकल कविता वाचन गर्नुहुने भएको छ । कवि दिवसले यही जेठ १३ गते अमेरिकाको वासिङटन डिसी महानगरमा अभिनन्दन ग्रहण गर्नुहुनेछ ।वासिङटन डिसी महानगरमा बसोबास गरिरहेका नेपालीहरुको माझ कार्यक्रम आयोजना गर्न लागिएको हो ।
विश्वका विभिन्न विश्वविद्यालयबाट भाषा, संस्कृति र लोकवार्ता विषयमा विशेषज्ञता हासिल गर्नुभएका दिवसले दर्जनौँ मुलुकमा साहित्यकारकै हैसियतमा भ्रमण गरी आफ्नो प्रस्तुति दिइसक्नुभएको छ । कवि दिवसले आफूलाई अभिनन्दन गरिने जानकारी पाउँदा खुसी लागेको र कार्यक्रममा नेपाली समुदायको उपस्थितिका लागि आग्रहसमेत गर्नुभएको छ ।






