बैशाख ३१ । बग्दाद, इराकी सेनाले गरेको हवाई आक्रमणमा परी कम्तीमा १३ जना इस्लामिक स्टेट (आइएस) आवद्ध लडाकूको मृत्यु भएको छ ।इराकको पश्चिमी अनबारमा प्रान्तमा आइएस लडाकूका विभिन्न पदाधिकारीको बैठकलाई लक्षित गरी भएको यस आक्रमणमा परी उनीहरुको मृत्यु भएको अधिकारीले जानकारी दिएका छन् ।
सिरियानजिकैको सीमा क्षेत्रमा पर्ने अल क्विम सहरमा उनीहरुको बैठक चलिरहेको भन्ने गुप्तचर निकायले दिएको सुचनाका आधारमा आक्रमण गरेको इराकको संयुक्त सुरक्षा कारबाही टोलीद्वारा जारी वक्तव्यमा जनाएको छ ।
आक्रमणमा परी अरु केही आतङकारी घाइते पनि भएको अधिकारीहरुले बताएका छन् ।
उनीहरुले आमनागरिकलाई लक्ष्यगरी आक्रमण गर्ने योजना बनाइरहेको वक्तव्यमा दावी गरिएको छ ।








