वैशाख ३१ ।चरिकोट,दोलखा,दोलखाको मेलुङ गाउँपालिकामा दुई पार्टीका कार्यकर्ताबीच भएको झडपलाई नियन्त्रणमा लिनको लागि प्रहरीले गोली चलाउदा एक युवकको मृत्यु भएको छ भने केही व्यक्ति घाइते भएका छन् ।
नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच आज अपराह्न झडप भएपछि गोली चलाइएको प्रहरीले जनाएको छ । उक्त घटनामा काँग्रेस कार्यकर्ता नकुल भुजेलको मृत्यु भएको बुझिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज भट्टका अनुसार मेलुङ गाउँपालिकाको पवटी मतदान केन्द्रमा उक्त घटना भएको हो ।








