वैशाख ३१ ।गौशाला,महोत्तरी जिल्लाको सोनमा गाउँपालिकामा ट्र्याक्टरले ठक्कर दिँदा साइकल चलाउदै गरेका एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोनमा गाउँपालिका-३ बस्ने जलन्धर दासका छोरा १० वर्षीय राहुल दास रहेको जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएको छ ।
शनिबार साँझ गाउँ नजिकैको खोलाबाट बालुवा बोकेर उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको ज१त ६२६६ नंको ट्र्याक्टरले आफ्नै घर अगाडि साइकल चलाउँदै गरेका बालक राहुल दासलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताउनुभयो ।
घटना पछि फरार भएका चालकलाई प्रहरीले खोजिरहेको छ भने जिल्ला अस्पताल जलेश्वरमा मृतक बालकको शव परीक्षण भरहेको छ ।








