पूजाले मन खोल्दै मुस्ताङमा (भिडियो)

काठमाडौं, १९ वैशाख –अन्जु पन्त र सुगम पोखरेलको स्वर रहेको ‘म यस्तो गीत गाउँछु’को नयाँ गीत ‘भन्छु आज’ सार्वजनिक भएको छ । उपल्लो मुस्ताङका सुन्दर दृश्यलाई कैद गर्दै छायाङ्कन गरिएको सोे गीतमा अर्जुन पोखरेलको सङ्गीत रहेको छ । गीत सुदर्शन थापाले लेखेका हुन् ।

 

नायिका पूजा शर्माको जन्मदिन पारेर सार्वजनिक गरिएको ‘भन्छु आजै’ बोलको गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका छन् । प्रेम कथामा बनेको ‘म यस्तो गीत गाउँछु’ सुदर्शन थापाको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्र हो । सो चलचित्रको ‘भन्छु आजै’ गीतका एरेन्जर महाराजा थापा हुन् । संजय लामाले सो गीतको छायाङ्कन गरेका हुन् । चलचित्रमा पल, पूजा, सरोज खनाल, शोभित बस्नेत, सलोन बस्नेतलगायतका कलाकारले अभिनय गरेका छन् । फिल्म असार ३० मा सार्वजनिक हुनेछ ।

सम्बन्धित शिर्षकहरु