अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज एनएसडब्लु अष्ट्रेलियाले आफ्नो सातौँ वर्षगाँठ भब्यताका साथ सम्पन्न गरेको छ:

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, एनएसडब्लु, अष्ट्रेलियाले आफ्नो सातौँ वर्षगाँठ, बैकुण्ठ एक्स्प्रेस नेपाली नाटकबाट २०४२ सालमा मदन पुरस्कारबाट पुरस्कृत हुनुभएका प्रा.मोहन राज शर्माको प्रमुख आतिथ्यमा यहि अप्रिल ९ तारिखका दिन साहित्यिक रात्री भोजको आयोजना गर्दै सम्पन्न गरेको छ ।
एश्फिल्डको माइती फ्युजन रेस्टुरेन्टमा आयोजना भएको सो कार्यक्रममा प्रा. शर्मा कि श्रीमती उमा शर्मा तथा अस्ट्रेलिया भ्रमणमा रहनु भएका नेपालका वरिष्ठ पत्रकार ध्रुब हरि अधिकारी बिशेष अतिथीको रुपमा उपस्थित हुनुहुन्थ्यो ।

सो कार्यक्रमको शुरुवातमा अनेसास एनएसडब्लुकी अध्यक्ष सानु घिमिरे , एनआरएनए अष्ट्रेलियाकी संरक्षक ईन्द्रा वन र अनेसासका केन्द्रिय उपाध्यक्ष भीमसेन सापकोटाले क्रमश: प्रा.मोहन राज शर्मा,उमा शर्मा (मोहन राज शर्माकी धर्म पत्नी) र बरिष्ठ पत्रकार ध्रुब हरि अधिकारीलाई खादा लगाई स्वागत गरेका थिए।

सो कार्यक्रमलाइ सम्बोधन गर्दै प्रा.मोहन राज शर्माले प्रवासमा रहेर नेपाली भाषा र साहित्यको प्रबर्धनमा समर्पित अनेसास अस्ट्रेलियालाई धन्यबाद तथा आगामी दिनमा उत्तरोत्तर प्रगतिको शुभकामना दिएका थिए ।अष्ट्रेलियाको भ्रमणमा रहेका शर्मा परिवार सहित सो साहित्यिक कार्यक्रममा सहभागि भएका थिए ।बैकुण्ठ एक्स्प्रेस नेपाली नाटक बाट २०४२ सालमा मदन पुरस्कारबाट पुरस्कृत हुँदाको त्यो क्षणको सम्झना गर्दै साहित्यमा आफूले कलम चलाएका विधा हरु उपन्यास, नाटक , समालोचना तथा निबन्धको बारेमा आफ्नो प्रयोगवादी विचार प्रस्तुत गरेका थिए ।त्यस्तै ०३५ सालबाट पत्रकारितामा प्रवेश गरेका ध्रुब हरु अधिकारीले आफ्नो ३८ वर्षको प्रत्रकारिताको अनुभव साट्दै आफ्नो जीवन कालमा नेपाली भाषा र साहित्यले पारेको प्रभाबलाइ सुन्दर ढंगले प्रस्तुत गरेका थिए।चर्चित पत्रकार रवीन्द्र मिश्र लगायत थूप्रै पत्रकारहरुले गुरुका रुपमा लिने अधिकारीले नेपालको जेठो पत्रिका गोरखापत्रबाट पत्रकारिताको आरम्भ गरेका हुन् भने उनी २०७३ बैशाखमा राष्ट्रिय पत्रकारिता पुरस्कारबाट राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित भएका थिए ।

परिचय तथा रचना वाचनसँगै अगि बढेको सो कार्यक्रम अत्यन्तै रोचक र पृथक बन्यो ।सो कार्यक्रममा साहित्यकार वेदकुमारी न्यौपाने,अनेसास का केन्द्रिय उपाध्यक्ष भीमसेन सापकोटा, ओएनएफका पूर्व अध्यक्ष डा.विनोद श्रेष्ठ,अनेसास एनएसडब्लुका पूर्व सचिव सुरेन्द्र दवाडी,गजलकार देव पाठक,अनेसास एनएसडब्लका महासचिव महेश्वर शर्मा,सदस्य ईन्द्र आचार्य,प्रविन टन्डन, तथा सानु घिमिरेले आ-आफ्नो रचना वाचन गरेका थिए।सो कार्यक्रममा गोर्खा नेप्लिज कम्युनिटीका सल्लाहाकार डा. नारायण प्रधान,एसोसियसन अफ भुटनिज इन अष्ट्रेलिया सिड्नीका सिनियर सल्लाहाकार ओम ढुङ्गेल तथा साहित्यकार केदार पोख्रेल ले अनेसास एन एस डब्ल्यु अस्ट्रेलियालाई आगामी दिनमा पनि नेपाली भाषा र साहित्य को बिकासमा महत्वपूर्ण भूमिका खेलिरहन सकोस भनि शुभकामना दिएका थिए । एनआरएनए अष्ट्रेलियाकी संरक्षक ईन्द्रा वन,रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाका महासचिव कृष्ण गैरे,नेपाली युथ फोरम अष्ट्रेलियाका पब्लिक अफिसर दिवाकर काफ्ले,अतीथीहरु आक्रम राज शर्मा,केदार शर्मा,पुनम श्रेष्ठ,विशाल शर्मा,लगायत नेपाली समुदाय तथा साहित्य अनुरागिहरुको उपस्थिती रहेको सो कार्यक्रम मा अनेसासका केन्द्रिय उपाध्यक्ष भीमसेन सापकोटाले कार्यक्रममा रचना वाचन गर्दै अनेसास एनएसडब्लुले गर्ने यस्ता कार्यक्रमले नेपाली भाषा र साहित्यको आयतन अभिवृदी गर्न मद्दत पुग्ने बताए।ओएनएफ अष्ट्रेलियाका पूर्व अध्यक्ष डा. विनोद श्रेष्ठले अनेसास एनएसडब्लुको यो मञ्चमा पहिलो पटक कविता वाचन गर्न पाएकोमा मुक्त कण्ठले प्रसंसा गरे।

अनेसास एनएसडब्लुकी अध्यक्ष सानु घिमीरेको सभापतित्वमा सम्पन्न सो कार्यक्रमलाइ सम्बोधन गर्दै उनले सात बर्षको दौरानमा अनेसास , अस्ट्रेलियाले गरेका संघर्ष तथा आयोजना गरि आएका बिभिन्न साहित्यिक कार्यक्रम हरुको बारेमा बर्णन गर्दै सबै अतीथी तथा सहभागी हरुमा आभार प्रकट गरेकी थिइन।यहाँ सम्म आइ पुग्दा साथ दिनु हुने सम्पूर्ण स्पोन्सर हरु , अने सास का आजीवन सदस्यहरु , साहित्य प्रेमी हरु तथा नेपाली समुदायका अगुवा तथा पत्रकारहरुलाई उनले धन्ब्याद ज्ञापन गरेकी थि इ न । अनेसास एनएसडब्लुको कार्यसमितीमा रिक्त रहेको एक सदस्य पदमा प्रविन टन्डनलाई मनोनिद गर्दै अध्यक्ष सानु घिमिरेले खादा लगाई स्वागत गरेकी थिइन।सो कार्यक्रमको संचालन अनेसास एनएसडब्लुका महासचिव महेश्वर शर्माले गरेका थिए

सम्बन्धित शिर्षकहरु