महेश्वर शर्मा
सिड्नी अष्ट्रेलिया
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज एनएसडब्लु अष्ट्रेलियाले आफ्नो सातौँ वर्षगाँठ भब्यताका साथ सम्पन्न गरेको छ।
बैकुण्ठ एक्स्प्रेस नेपाली नाटक बाट २०४२ सालमा मदन पुरस्कारबाट पुरस्कृत हुनुभएका प्रा.मोहन राज शर्मा प्रमुख अतीथी रहनुभएको सो कार्यक्रममा विशेष अतीथीको रुपमा वरिष्ठ पत्रकार ध्रुब हरि अधिकारी हुनुहुन्थ्यौ।
अतीथीलाई स्वागत:
सिड्नी स्थित एस्फिड्को माईती फ्युजननको एक हलमा रात्रिभोज बाट सुरु गरिएको सो कार्यक्रम अन्तिम सम्म नै साहित्यमय भयो।अनेसास एनएसडब्लुको सातौं वर्षगाँठको सो अवसरमा अनेसास का केन्द्रिय उपाध्यक्ष भीमसेन सापकोटा अनेसास एनएसडब्लुकी अध्यक्ष सानु घिमीरे र एनआरएनए अष्ट्रेलियाकी संरक्षक ईन्द्रा वन ले प्रा.मोहन राज शर्मा,उमा शर्मा (मोहन राज शर्माकी धर्म पत्नी) र बरिष्ठ पत्रकार ध्रुब हरि अधिकारी लाई खादा लगाई स्वागत गरेका थिए।
परिचय तथा रचना वाचन:
परिचय तथा रचना वाचन सँगै अगि बढेको सो कार्यक्रम अत्यन्तै रोचक र पृथक बन्यौ।सो कार्यक्रममा साहित्यकार वेदकुमारी न्यौपाने,अनेसास का केन्द्रिय उपाध्यक्ष अनेसास एनएसडब्लुका संस्थापक अध्यक्ष,विश्व शान्ती दूत अष्ट्रेलिया ओसिनिया,भीमसेन सापकोटा ओएनएफका पूर्व अध्यक्ष डा.विनोद श्रेष्ठ,अनेसास एनएसडब्लुका पूर्व सचिव सुरेन्द्र दवाडी,गजलकार देव पाठक,अनेसास एनएसडब्लका महासचिव महेश्वर शर्मा,सदस्य ईन्द्र आचार्य,प्रविन टन्डनले आ-आफ्नो रचना वाचन गरेका थिए।सो कार्यक्रममा गोर्खा नेप्लिज कम्युनिटीका सल्लाहाकार डा. नारायण प्रधान,एसोसियसन अफ भुटनिज इन अष्ट्रेलिया सिड्नीका सिनियर सल्लाहाकार ओम ढुङ्गेल ले सो कार्यक्रममा सहभागि हुन अवसर जुटाउने अनेसास एनएसडब्लुलाई धन्यबाद दिए। एनआरएनए अष्ट्रेलियाकी संरक्षक ईन्द्रा वन,रुपन्देही सामाजिक संजाल अष्ट्रेलिया महासचिव कृष्ण गैरे,नेपाली युथ फोरम अष्ट्रेलियाका पब्लिक अफिसर दिवाकर काफ्ले,अतीथीहरु आक्रम राज शर्मा,केदार शर्मा,पुनम श्रेष्ठ,विशाल शर्मा,लगायत थूप्रै नेपाली समुदाय तथा साहित्य अनुरागिहरुको बाक्लो उपस्थिती रहेको थियो।
साहित्यकार तथा नेपाली समुदायका अगुवाहरुको उत्साहजनक सहभागिता:
अनेसास का केन्द्रिय उपाध्यक्ष,अनेसास एनएसडब्लुका संस्थापक अध्यक्ष,विश्व शान्ती दूत अष्ट्रेलिया ओसिनिया,भीमसेन सापकोटाले कार्यक्रममा रचना वाचन सँगै सम्बोधन गर्दै अनेसास एनएसडब्लुले गर्ने यस्ता कार्यक्रमले नेपाली भाषा र साहित्यको आयतन अभिवृदी गर्न मद्दत पुग्ने बताए।सिहित्यकार केदार पोखरेलले सो कार्यक्रममा सहभागि हुन पाउँदा आफुलाइ अत्यन्तै खुशि लागेको बताए। ओएनएफ अष्ट्रेलियाका पूर्व अध्यक्ष डा. विनोद श्रेष्ठले अनेसास एनएसडब्लुको यो मञ्चमा पहिलो पटक कविता वाचन गर्न पाएकोमा मुक्त कण्ठले प्रसंसा गरे।
सो कार्यक्रमका विशेष अतीथी बरिष्ठ पत्रकार ध्रुब हरि अधिकारी:
सो कार्यक्रममा संबोधन गर्दै बरिष्ठ पत्रकार ध्रुब हरि अधिकारी ले नेपाली भाषा र साहित्यमा अनेसास एनएसडब्लुले गरेको कार्यलाई मुक्त कण्ठले प्रसंशा गरे । २०३५ सालबाट पत्रकारितामा प्रवेश गरेका अधिकारीले आफ्नो ३८ वर्षको प्रत्रकारिताको अनुभव पनि साटेका थिए।चर्चित पत्रकार रवीन्द्र मिश्र लगायत थूप्रै पत्रकारहरुले अधिकारीलाई गुरुकारुपमा लिन्छन।उनले नेपालको जेठो पत्रिका गोरखापत्रबाट पत्रकारिताको आरम्भ गरेका हुन ।उनी २०७३ बैशाखमा राष्ट्रिय पत्रकारिता पुरस्कारबाट राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित भएका छन।
सो कार्यक्रमका प्रमुख अतीथी प्रा. मोहन राज शर्माले कार्यक्रममा सम्बोधन :
सो कार्यक्रममा सम्बोधन गर्दै प्रा.मोहन राज शर्माले अनेसास एनएसडब्लुलाई विशेष धन्यबाद दिए।अष्ट्रेलियाको भ्रमणमा रहेका शर्मा परिवार सहित सो साहित्यिक कार्यक्रममा सहभागि थिए। बैकुण्ठ एक्स्प्रेस नेपाली नाटक बाट २०४२ सालमा मदन पुरस्कारबाट पुरस्कृत हुँदाको त्यो क्षणको सम्झना गर्दै आफ्ना अनुभवहरु सबैमा साटेका थिए।
अनेसास एनएसडब्लुकी अध्यक्ष सानु घिमीरेको सभापतित्वमा सम्पन्न सो कार्यक्रम हिजो ९ अप्रिल आईतबार साझ ६ बजे बाट सुरु भएको थियो। अध्यक्ष सानु घिमीरेले आफ्नो रचना वाचन गर्दै सबै अतीथी हरुमा आभार प्रकट गर्दै धन्यबाद दिएकी थिइन।अनेसास एनएसडब्लुले गर्ने विभिन्न साहित्यिक कार्यक्रममा नेपाली समुदाय र साहित्यकारहरुको उत्साहजनक उपस्थिती र सहयोगले आगामी दिनहरुमा अझ धेरै साहित्यतिक कार्यक्रमहरु गर्न हौशला मिलेको बताईन।घिमीरेले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै अतीथीहरु ,कार्यसमितीका पदाधिकारीहरु प्रति आभार प्रकट गर्दै सबैलाई धन्यबाद दिएकी थिईन । अनेसास एनएसडब्लुको कार्यसमितीमा रिक्त रहेको एक सदस्य पदमा प्रविन टन्डनलाई अध्यक्ष सानु घिमीरेले खादा लगाई स्वागत गरेकी थिइन।सो कार्यक्रमको संचालन अनेसास एनएसडब्लुका महासचिव महेश्वर शर्माले गरेका थिए।






