नर्दन बिचेज नेप्लिज सोसाईटिको आयोजनामा “नेपाली नयाँ वर्ष २०७४”भब्यताका साथ सम्पन्न:

महेश्वर शर्मा
सिड्नी अष्ट्रेलिया

मन नेपाली तन नेपाली नेपालबाट जति टाढा रहौँ आखिर आफ्नै माटोको माया बढि नै रहँदो रहेछ।प्रवासमा रहने नेपालीहरुले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आफ्नै माटोलाई स्पर्श गरिनै रहेका हुन्छन्। यस्तै अष्ट्रेलियाको उत्तरि सिड्नीमा पर्ने नर्दन बिचेज क्षेत्र र सो सेरोफेरोमा बसोबास गर्ने नेपालीहरुको संस्था नर्दन बिचेज नेप्लिज सोसाईटिको आयोजनामा “नेपाली नयाँ वर्ष २०७४”भब्यताका साथ सम्पन्न भएको छ।शनिबार बिहान करीब ८ बजे देखि दिउंसो २ बजे सम्म चलेको सो कार्यक्रम कोल्लरोएे बिच ,कोल्लरोएे एनएसडब्लुमा नेपाली समुदायको बाक्लो उपस्थिती बिच सम्पन्न भएको हो।

सो कार्यक्रमको आकर्षण:

सो कार्यक्रममा विभिन्न नेपाली खानाका परिकारहरु बनाइएको थियो। नयाँ वर्ष मनाउन आयोजना गरिएको यो कार्यक्रमले नेपालमै रहेको अनुभुती भयो,सो कार्यक्रममा उपस्थित सहभागिहरुले बताए। आफ्नै नेपाली मौलिकपनमा नयाँ वर्षलाई प्रवासबाटै स्वागत गर्नपाएकोमा सहभागिहरुले खुशि व्यक्त गरे। साथै नेपाली भजन र नृत्यले सो कार्यक्रमलाई अझ बढि रौनक थप्यौ।

“नेपाली मौलिक पन कहाँ बिर्सन सकिंदो रहेछ र”नर्दन बिचेज नेप्लिज सोसाईटिका अध्यक्ष :कृष्ण सापकोटा

नर्दन बिचेज नेप्लिज सोसाईटिका अध्यक्ष कृष्ण सापकोटाले सो कार्यक्रममा सम्बोधन गर्दै भने “आफ्नै नेपाली मौलिक पन कहाँ बिर्सन सकिंदो रहेछ र” नेपाली भजनमा नृत्य गर्दै नयाँ वर्षको स्वागतमा जुटेका नेपाली समदायप्रति सापकोटाले आभार प्रकट गर्दै धन्यबाट दिए। सो कार्यक्रमलाई सफल बनाउन लागिरहने नर्दन बिचेज नेप्लिज सोसाईटिका सबै पदाधिकारीलाई समेत धन्यबाद दिएका थिए। सोहि कार्यक्रम मार्फत उनले “नर्दन बिचेज नेप्लिज सोसाईटि तीज र दशैँ कार्यक्रम पनि छिट्टै गरिने बताए। सो कार्यक्रमको विस्तृत जानकारी केहि समय पछि सार्वजनिक गरिने पनि बताए। नर्दन बिचेज नेप्लिज सोसाईटिले आगामी दिनमा गर्ने कार्यक्रमहरुलाई सफल बनाउन सो संस्थाका पदाधिकारी तथा नेपाली समदायको सहयोग रहनेमा विश्वस्त रहेको बताए।

सम्बन्धित शिर्षकहरु