गजल

तिमी रुँदा जिन्दगीको आश रुन्छ आमा
कताकता भित्रैबाट श्वास रुन्छ आमा

तिम्रो माँया भन्दा मीठो भोजन छैन अरु
घाँटी सुक्छ वेदनाले, गाँस रुन्छ आमा

मेरो घर आँगन भन्नु तिम्रै काख त हो नी
आजभोली हरेक साँझ बास रुन्छ आमा

रातभरी सपनीमा केके देख्छु कुन्नी
ब्युँझिएर मुटु छाम्दा त्रास रुन्छ आमा

देशको निम्ति मरें भने बहुला नभन्नु है
नत्र फेरी चितामाथी लास रुन्छ आमा
-मोहन अधिकारी

सम्बन्धित शिर्षकहरु