काठमाडौं । सन् २०१८ का लागि ईपीएस परीक्षामार्फत कामदारका रूपमा कोरिया जान चाहेका ७३ हजार बढीले परीक्षा फर्म भरेका छन् ।
गत १० दिनअघिदेखि वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखाले अनलाइन आवेदन आह्वान गरेको थियो । आज ९शुक्रबार० १ बजेसम्म बैंकमा रकम जम्मा गरेका आवेदकले आजै राति १२ बजेसम्म अनलाइन परीक्षा फर्म भर्न सक्ने शाखाले जनाएको छ ।
हालसम्म परीक्षा फर्म भर्ने आवेदकको संख्या ७३ हजार ६ सय ९५ पुगेको छ । “आजै १ बजेसम्ममा ग्लोबल आईएमई बैंकमा रकम जम्मा गरेकाले रातको १२ बजेसम्म फर्म भर्न सक्छन्,” ईपीएस शाखाका अधिकृत शोभाकर भण्डारीले भने, “यसको कुल तथ्यांक भोलि आउँछ, अहिले पनि फर्म भरिरहेको देखिँदैछ ।”
हालसम्म एग्रिकल्चरमा ५० हजार १४८ र म्यानुफ्याक्चरमा २३ हजार ५ सय ४९ ले आवेदन दिएका छन् ।
शाखा अधिकृत भण्डारीका अनुसार गत वर्ष फर्म भर्ने म्याद ४ दिनसम्म मात्र दिइएको थियो । यो वर्ष भने १० दिन दिइएकाले अब म्याद नथपिने उनले बताए ।
फर्म भर्दा गल्ती भयो कि रु
ईपीएस शाखाले अनलाइन आवेदन दिँदा केही विवरण गल्ती भएको भए सच्याउन अनुरोध गरेको छ । यसका लागि ६ दिनको म्याद तोकेको छ । चैत २० गतेदेखि २५ गतेसम्मका लागि आवेदकले आफूले काम गर्न भरेको ‘सेक्टर’ बाहेक अन्य विवरण गल्ती भएको भए सच्याउन सक्नेछन् ।
यस्ता गल्तीमा पासपोर्ट नम्बर, नाम, ठेगानालगायत अन्य विवरण हुनेछन् । आवेदकले यो समयावधिमा आफ्नो विवरण रुजु गरेर हेर्न सक्ने ईपीएस शाखाले जनाएको छ ।
सन् २०१८ मा उत्पादनको क्षेत्र र कृषिमा गरी १० हजार २ सय नेपाली कामदार कोरिया जाँदैछन् । जसमा उत्पादनमूलक क्षेत्रमा ४ हजार र कृषिको क्षेत्रमा ६ हजार नेपाली कामदार कोरिया जाँदैछन् ।
ईपीएस परीक्षा आगामी २०७४ जेठ २७ र २८ गते हुँदैछ । परीक्षा केन्द्र र समय भने जेठ १९ गते सार्वजनिक गरिने ईपीएस कोरिया शाखाका शाखा अधिकृत भण्डारीले जानकारी दिए ।








