मधेसमा भएको घटना दुःखदायी : प्रधानमन्त्री

चरिकोट, २४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार सप्तरी जिल्लालगायत मधेसका केही ठाउँमा भएका घटना अत्यन्तै दुःखदायी भएको बताएका छन् ।

दोलखाको घ्याङसुकाठोकर गाविस–५ मावनेमा नवनिर्मित काङलिङ गुम्बाको आज उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले हिजो मधेसमा भएको घटनामा परी मृत्यु भएकाको परिवारलाई सरकारको तर्फबाट उचित क्षतिपूर्ति दिने र घाइतेको निःशुल्क उपचार गरिदिने विश्वास दिलाए ।

साथै, उनले मधेसको समस्या समाधानका लागि आजै मधेसी दलसँग छलफल गर्ने पनि जानकारी दिए । प्रधानमन्त्री दाहालले स्थानीय निर्वाचनमा जुट्नसमेत सबैसँग आग्रह गरे र भने, “मन्त्रिपरिषद्को बैठक बोलाएर मधेसका समस्याको समाधान खोज्ने पहल गर्छु ।”

सम्बन्धित शिर्षकहरु