असार १८, कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा मेयर पदका उम्मेदवार भारतीय नागरिकता र पासपोर्ट लिएका रजतप्रताप शाहले अग्रता लिएका छन् ।
शाहले प्रतिद्वन्द्वीको भन्दा लगभग ४०० बढी मत ल्याएर अग्रता कायम राखेका छन् । अहिले सम्म ५४८३ मत गणना भइसकेको छ ।
स्वतन्त्रबाट मेयर पदमा उम्मेदवारी दिएका रजतप्रताप शाहले पछिल्लो मत परिणाम अनुसार १७३० मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका मेयरका उम्मेदवार श्यामकुमार मिश्रले १३९२ मत पाएका छन् ।








