प्रधानमन्त्री राष्ट्रिय महिला क्रिकेटमा सुदूरपश्चिम दोस्रो चरणमा प्रवेश

इटहरी। इटहरीको डिभिएम क्रिकेट मैदानमा जारी प्रधानमन्त्री राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सुदूरपश्चिमाञ्चल टिमले पूर्वाञ्चल टिमलाई पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ ।

खेलमा पूर्वाञ्चल टिमले पहिलो ब्याटिङ गर्दै २० ओभरको खेलमा ८ विकेटको नोक्सानीमा ९२ रन बनाएको थियो । त्यसमा महिला टिमकी क्याप्टेन रुविना क्षेत्रीको १९ रन र काजल श्रेष्ठको १५ रनको साझेदारी रहेको थियो । त्यसमा सुदूर पश्चिमाञ्चलकी रेखा रावलले ४ विकेट लिएकी थिइन् ।

आजको पहिलो खेलमा सुदूरपश्चिमाञ्चल टिमले निर्धारित खेलमा १५ दशमलव ३ ओभरमा ४ विकेटको नोक्सानीमा ९३ रन बनाउँदै पूर्वाञ्चलविरुद्ध जित निकालेको थियो । सो खेल सुदूरपश्चिमाञ्चलकी रेखा रावल ओमेन अफ म्याच घोषित भएकी थिइन् । त्यसमा पूर्वाञ्चलकी सवनम राईले १ विकेट लिएकी थिइन् ।

त्यसैगरी आजै भएको सशस्त्र प्रहरी र मध्यमाञ्चलबीचको दोस्रो खेलमा सशस्त्र प्रहरीले २० ओभरको खेलमा १५३ रनको योगफल निकाल्दै प्रतिस्पर्धामा विजय प्राप्त गरेको छ । जसमा सीताराम मगरको ५३ रन र रीता कोलोजियाको ३६ रनको नकआउट योगदान रहेको थियो ।

विजयी मध्यमाञ्चलकी नेरी थापाले २ विकेट र करुणा भण्डारीले ४ विकेट लिएकी थिइन् भने सो खेलमा सीताराम मगर विमेन अफ द म्याच घोषित भएकी थिइन् । रासस

सम्बन्धित शिर्षकहरु