स्थानीय तहको निर्वाचनका लागि सहज वातावरण बनाउन सरकारलाई माओवादी केन्द्रको सुझाव

काठमाडौँ, २२ फागुन । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकले संविधान संशोधन प्रस्ताव पारित गराई दिएको छ ।

प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा शनिबार बसेको बैठकले सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिसकेको अवस्थामा सबै दलको सहमतिमा संसद्बाट पारित गर्न सुझाव दिएको पार्टीकी प्रवक्ता पम्फा भुसालले जानकारी दिए ।

संविधान संशोधन र स्थानीय तहको निर्वाचनबारे मधेसी मोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी, फोरम लोकतान्त्रिकलगायतका दलसँग संवाद जारी राख्नसमेत बैठकले आग्रह गरेको छ ।

प्रवक्ता भुसालले स्थानीय तहको सङ्ख्या बढाएर भए पनि मधेसी मोर्चालाई समेत निर्वाचनमा सहभागी गराउनेबारे पनि बैठकमा छलफल भएको बताए । रासस

सम्बन्धित शिर्षकहरु