भूकम्पबाट मृत्यु हुनेको संख्या ८,६७४ पुग्यो

जेठ १३ ।काठमाडौँ, बैशाख १२ र २९ गते आएको बिनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेहरुको संख्या ८,६७४ जना पुगेको छ । गृह मन्त्रालयले मंगलबार ५ बजेसम्म दिएको जानकारी अनुसार २१,९५४ जना घाइते भएका छन् ।
भूकम्पबाट ज्यान गुमाउनेहरुमा उपत्यकामा १७३४, पूर्व क्षेत्रमा ५७, मध्य क्षेत्रमा ६४३०, पश्चिम क्षेत्रमा ४५१ र मध्य पश्चिम क्षेत्रमा २ जना रहेका छन् भने घाइते हुनेहरुमा उपत्यकामा १२९८३, पूर्व क्षेत्रमा ४५३, मध्य क्षेत्रमा ७२३४, पश्चिम क्षेत्रमा १२४६, मध्य पश्चिम क्षेत्रमा ३६ जना र सुदूर पश्चिम क्षेत्रमा २ जना रहेका छन् । मृतक ८६४० जनाको शव आफन्तलाई बुझाई सकिएको छ । घाइतेमध्ये ४८७७ जना विभिन्न अस्पतालमा उपचाररत छन् ।
साथै उक्त विनाशकारी भूकम्पमा ज्यान गुमाएका नेपाल प्रहरी ६, नेपाली सेना ९, सशस्त्र प्रहरी १, निजामती कर्मचारी ११ र बिदेशी नागरिक ७९ जना तथा घाइते भएका नेपाल प्रहरी १८३, नेपाली सेना ६ जना, सशस्त्र प्रहरी ३२ र बिदेशी पर्यटक ५० जनाको संख्यासमेत उपरोक्त संख्यामै समाबेश गरिएको छ । यसैगरी हालसम्म नेपाली नागरिक २०५ र विदेशी नागरिक ८० जना बेपत्ता भएका छन् ।
यसैगरी उक्त विनाशकारी भूकम्पबाट पूर्ण तथा आंशिक गरी उपत्यकामा ६७१८८, पूर्व क्षेत्रमा ४५९३०, मध्य क्षेत्रमा २००८६२, पश्चिम क्षेत्रमा १४६७६८, मध्य पश्चिम क्षेत्रमा १००८५ र सुदूर पश्चिम क्षेत्रमा १४८ गरी जम्मा ४७०९९१ भौतिक संरचनाहरु क्षती भएका छन् ।

सम्बन्धित शिर्षकहरु