आयुर्वेद , ज्योतिष गणना (सुर्य सिद्दान्त ), को बारेमा आचार्य राजन शर्माले दिनुभयो प्रशिक्षण।
अध्यात्म, योग,ध्यान बाटै मानिसले आफ्नो जीवनलाई सदैव सकारात्मक रुपान्त्रमा गर्न सक्छ। योग ध्यान तथा अध्यात्म बाटै विश्वमानै शान्ति छाउन सक्छ र साथै अध्यातम बाटै आफ्नो जीवनलाई अगाडी बढाउन सकिन्छ भन्ने संकल्प लिएर हिँड्नुभएका योग गुरु आचार्य राजन शर्मा ले माहाशिवरात्रीको अवसरमा अस्ट्रेलिया , युरोप र न्युजिल्याण्डका योग शिक्षकहरू र चिकित्सकहरू विच ब्रिसबेनमा प्राचीन दर्शन ,योगका रह्स्य, आयुर्वेद , ज्योतिष गणना (सुर्य सिद्दान्त ), को बारेमा प्रशिक्षण दिनुभयो।वाइडी एल अन्तर्रास्ट्रिय समितिले आयोजना गरेको सो कार्यक्रममा उहां मुख्य प्रशिक्षक तथा अतिथिको रुपमा हुनुहुन्थ्यो।
सो कार्यक्रममा श्वामी जी,पूर्णीमा,श्वामी दयाल पुष्प प्रेम,गोमा शर्मा,यमुना साथै थूप्रै योग प्रेमी व्यक्तिहरुको उत्साहजनक सहभागिता थियो।
गुरु आचार्य राजन शर्मा उहाँकै शब्दमा
वसुधैव कुटुम्बकम् !भन्दै, विश्व जोडिंदैछ ।
योगविज्ञान र अद्यात्मले, शान्ति गोडिंदैंछ ।
सबै आस्था समेटेर सामुहिक यात्रा गरौं ,
जुन मार्ग, सद्भभावको दिशातर्फ मोडिंदैछ ।।








