महेश्वर शर्मा
सड्नी अष्ट्रेलिया
हामी जुन भूगोलमा रहेपनि आखिर नेपाली नै हौँ।नेपाली भाषा र साहित्य नरहे हामी कहाँ रहौँला।यस्तै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज एनएसडब्लुले लामो समय देखि गर्दै आएको घरदैलो साहित्यिक कार्यक्रमलाई निरन्तरता दिंदै फेरि पनि सिड्नीमै घरदैले साहित्यिक कार्यक्रम सम्पन्न भएको छ।अनेसास एनएसडब्लुले
सिड्नी स्थित म्यारिकभिलमा सम्पन्नगरेको सो कार्यक्रममा कविता,मुक्तक,गजलको एक वेजोड प्रस्तुती रहेको थियो।हिजो शनिबार साँझ करिब ६ बजेबाट सुरुगरिएको सो साहित्यिक साँझमा थूप्रै साहित्यकारहरुले आफ्ना रचना सुनाएका थिए।
सप्तरङ्गी ईन्द्रेणी देख्यौ भने सम्झनु
त्यो मायालुको भेष हो
रेशमि बादल देख्यौ भने सम्झनु
त्यो मायालुको केश हो
खै कति बयान गरुँ म मेरो मायालुको
माटोमा सुगन्ध फैलियो भने सम्झनु
त्यो मायालुको परिवेश हो।
पोखरेलि मुक्तककार भनेर चिनिने मुक्तककार अल्पबिराम पोखरेलिले प्रस्तुत गरेको यो चोटिलो मुक्तकमा सवैको वाहा वाहा र गड्गडाहल तालि रह्यो।
(आचार्य राजन शर्मा) भीमसेन सापकोटाले नाफाको बिहे शिर्षक रहेको यो व्याङ्यातमक कवितका पंक्तिहरु प्रस्तुत गरिरहँदा हाँसोका फोहोराले सो साझँ अबिस्मरणिय बन्यो।
दुलही छब्बीस की
दुलाहा जबान साठीको
बुढो वृक्षमा नयाँ
एेजेरु कस्तो जाति सुहाएको
उसलाई भर्खरकी चाहिएको
उनीलाई भर्खरै विदा हुने चाहिएको
आहा दुबैको जोडी कस्तो मिलेको
एक पुस्ताकै फरकमा पनि
स्वार्थहरु ठ्याक्कै जुरेको ।
उहां अन्तर्राष्ट्रिय गैर सरकारी संस्था विश्व शान्ती परिषद द्वारा नियुक्त भएका “शान्ति दूत”फिजीका लागि नेपाली सांकृतीक राजदूतअन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रिय उपाध्यक्ष र अनेसास एनएसडब्लुका सँस्थापक अध्यक्ष समेत हुनुहुन्छ।
साहित्यकार केदार पोखरेलले “नयाँ वर्षको शुभकामना “शिर्षक रहेको कविता वाचन गर्नुभएको थियो सो कविताले धेरैको मन छोयो।उहांले छन्दमा लेखिएको कविता सुनाउंदा सबै मन्त्रमुग्द भएका थिए।
“युवा विहिन बस्तीमा
आईमाईले लास छुनु हुँदैन
आईमाईले मलाम जान हुँदैन “
साहित्यकार वेद कुमारि न्यौपानेले सुनाएको यी कविताका पङ्क्तिले सबैलाई भावुक बनाएको थियो।
अनेसास एनएसडब्लुकी अध्यक्ष सानु घिमिरेले “मायां कहिल्यै पनि टाढा हुँदैन माया नजिक हुन्छ “भन्ने जस्ता पंक्ति का चोटिलो कबिता प्रस्तुत गर्नुभएको थियो।
अनेसास एनएसडब्लुका महासचिव महेश्वर शर्माले अरुले पनि यस्तै
सपना देख्छन कि? भन्ने शिर्षकमा आफ्नो कविता सुनाएका थिए।शर्माले
“आमाले बालेको त्यो चहकिलो
साँझ बत्ती आफ्नै गतिमा कुदिरहेछ
एक टहले हेरिरहेको छु
नअघाउंनजेल हेरिरहेको छु
आज फेरि सपनिमा अमेरिकाबाट रमेश
फर्किएको देखेँ,”
जस्ता पंक्ति प्रस्तुत गरेका थिए।जयनेपाल कर्पेरेसनका संयोजक बिष्णु सापकोटाले “राज्य चाहियो हामिलाई द्वन्द अपराध सहित”
भन्ने कविता सुनाउनुभएको थियो। नेपालबाट आउनुभएका अभिवावक यज्ञमूर्ति अधिकारीले युवाहरु आफ्नै देश फर्किनुपर्छ भन्ने कविता सुनाउनुभएको थियो।सो कार्यक्रममा नेपाली युथ फोरम अष्ट्रेलियाका अध्यक्ष सागर अधिकारी,नाईफाका सँस्थापक अध्यक्ष भरत देवकोटा नाईफाकै पब्लिक अफिसर दिवाकर काफ्ले,हिमालयन रेडियोका टिका कार्कि,राधा काफ्ले,सोनम पाण्डे शर्मा,मोनिका काफ्ले,आशिष अधिकारी,लगायतको सहभागित रहेको थियो।सो कार्यक्रममा अनेसास एनएसडब्लुकी अध्यक्ष सानु घिमीरेले सबै साहित्यकारलाई धन्यबाद दिनुभएको थियो।
यस कार्यक्रमको भिडियो हेर्न यो लिन्कमा क्लिक गरौं ।
- https://www.facebook.com/217765638262251/videos/1307558482616289/
- https://www.facebook.com/217765638262251/videos/1307542849284519/
- https://www.facebook.com/217765638262251/videos/1307523479286456/









