पाकिस्तानको सुफी धार्मिक स्थलमा आत्मघाती बमबिस्फोट, ७२ को मृत्यु

काठमाडौं । पाकिस्तानको एक लोकप्रिय सिन्ध प्रान्तको धार्मिक स्थलमा गराइएको आत्मघाती बमबिस्फोटमा ७२ जनाको मृत्यु, २५० जनाभन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ ।
पाकिस्तानको सिन्ध प्रान्तको सेहवानमा रहेको एक व्यक्तिले सुफि सन्त लाल शहवाजको धार्मिक स्थलमा तिर्थालुहरुको बीचमा आफूलाई बिस्फोट गराएका थिए ।
इस्लामिक स्टेट आतंककारी समूहले सो आक्रमणको दाबि गरेको छ । घटना हुनेबेला सो धार्मिस्थलमा तिर्थालुहरु खचाखच भरिएको बताइएको छ ।
समचारअनुसार मृत्युहुनेमा ४३ पुरुष, ९ महिला र २० बालबालिकाहरु छन् ।
गत सोमवार मात्र लाहोर मा १३ जनाको आत्मघाती बम बिस्फोटमा मारिएका थिए । प्रधानमन्त्री नवाज शरिफले घटनाको निन्दा गर्दै आक्रमणकारीहरुलाई परास्त गर्ने बताएका छन् ।

सम्बन्धित शिर्षकहरु