काठमाडौं । पत्रकार तथा कवि पवित्रा सुनारकोे कविता सङ्ग्रह ‘युगको आवाज’ अनावरण भएको छ । शुक्रबार राजधानीको बागबजारस्थित होटल हार्दिकमा प्रमुख अतिथि साहित्यकार तथा संस्कृतीविद् प्रा.डा. तुलसी दिवसले उक्त संग्रह सार्वजनिक गरे ।
कविता सङ्ग्रह लोकार्पण पछि लोकार्पित कृतिबाट सुनारले ३ कविता वाचन गरिन् । साहित्यकार प्रा।डा। दिवसले सुनारका कविता कृति पहिलो सङ्ग्रह भए पनि निकै खारिएका कविताहरु सङ्ग्रहित रहेको बताए । उनका कविताले सामाजिक संरचना भित्रको विकृती जातिय विभेद विरुद्ध आवज बुलन्द रहेको बताए । कार्यक्रममा बोल्दै प्रा।डा। दिवसले युगको आवाज कविता सङ्ग्रहले समग्र नेपाली महिलाहरुको प्रवृती, महिलाहरुमाथी हुने हिंसा विरुद्ध मात्र नभई लैंगिक विभेदको विरुद्ध आफुलाई उभ्याइएको बताए ।
अतिथि प्रा।डा। भगवानचन्द्र ज्ञवालीले कविता कृतिले मानविय प्रवृती र त्यहाँ भित्र रहेको विकृतीमाथीे ससक्त प्रहार गर्न सफल रहेको बताए । साहित्यकार एवं पत्रकार राजेन्द्र पराजुलीले नेपाली कवितामा सुनारका कविता किनारीकृत, परिचयहीन तथा थिचोमिचोविरुद्धको आवाज भएको बताए उनले आवाजरुपी आगोमा घिउ थप्न कवयत्री पवित्रा सुनार उभीएकी बताए । कार्यक्रममा अर्का कवि अभय श्रेष्ठले पवित्राका ६४ कविताको मुच्र्छनाले पाठकलाई मीठो रन्का दिने बताए ।
अर्का स्रष्टा कवि तथा आख्यानकार जितेन्द्र रसिकले पवित्राका कविता आम भुँइमान्छेहरुको अवाज मात्र नभई महिला हिंसा, लैङ्गीक विभद र जातिय विभेदको पर्खाल भत्काउने शक्ती युगको आवाज कविता सङ्ग्रहका कविताहरुमा रहेको बताए । कवि गीता त्रिपाठीले पवित्रा दशक अघिदेखि नै कविताको क्षेत्रमा ससक्त हष्ताक्षर भए पनि ढिलो गरि प्रकाशन भएका उनका कृतिभित्र कविताको सामथ्र्य लिएर आएकी बताईन् । कार्यक्रममा स्रष्टा धनकुमारी सुनारले ‘युगको आवाज’ दलित र उपेक्षित वर्गको प्रतिनिधि कविता सङ्ग्रह रहेको उल्लेख गरेकी थिइन् ।








