सभाहल निर्माण गर्न मन्त्रीको ध्यानाकर्षण

चितवन । सरकारको रातो किताबमा समेत समावेश भएको सुविधायुक्त ‘सौराहा सभाहल’ निर्माणका लागि स्थानीय पर्यटन व्यवसायी तथा संरक्षणकर्मीले सहरी विकास मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।

सोमबार राजधानीस्थित सहरी विकासमन्त्री अर्जुननरसिंह केसीको निवासमै पुगेर यहाँका व्यवसायी, नागरिक प्रतिनिधि तथा दलीय प्रतिनिधिको एक टोलीले मन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

क्षेत्रीय होटल सङ्घ, सौराहा, चितवनका अध्यक्ष सुमन घिमिरेको नेतृत्वमा काठमाडौँ पुगेको टोलीले सभाहल निर्माणलाई तदारुकताका साथ अघि बढाउन मन्त्रीलाई आग्रह समेत गरेका छन् ।

सम्बन्धित शिर्षकहरु