बुद्दभुमी नेपालबाट पाठ सिकौ- भारतीय प्रधानमन्त्री मोदी

एजेन्सीको सहयोगमा असनेपाल न्युज सम्बाददाता/

मोदी
लाल किल्लामा सम्बोधन गर्दै मोदी

साउन ३१, काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय स्वतन्त्रता दिवसको अबशरमा गरेको सम्बोधनमा नेपालको खुलेर प्रशंसा गर्नु भएको छ । भारतको ६८ औं स्वतन्त्रता दिवसलाई सम्बोधन गर्दै मोदीले हिम्शात्मक द्वन्द व्यवस्थापन गरि शान्ति तर्फको यात्रा तय गर्ने कलाका सम्बन्धमा नेपालबाट विश्वले पाठ लिनसक्ने बताउनुभएको हो ।

नयाँ दिल्लीस्थित लालकिल्लामा आयोजित समारोहलाई सम्बोधन गर्ने क्रममा मोदीले भगवान बुद्ध भुमी कसरी युद्धबाट शान्ति र लोकतन्त्रतर्फ अगाडि बढ्न सक्यो भन्ने कुरा भारतले समेत सिक्नुपर्ने बताउनुभयो।

उहाले भारतीय युवालाई लक्षित् गर्दै भन्नुभयो ‘नेपालका युवा कुनै बेला हिंशात्मक लागेका थिए, तर अहिले तिनै युवा नया संबिधान कुरेर बसेका छन्’ । सस्त्रबाट शास्त्र तिरको यो रुपान्तरण संसारको लागि एउटा ठुलो पाठ भएको बताउदै मोदीले बुद्द्भुमी तिर फर्केर हेर्न सबैलाई आग्रह गर्नु भयो ।

सम्बन्धित शिर्षकहरु