महेश्वर शर्मा
सिड्नी अष्ट्रेलिया
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (एनएसडब्लु)अष्ट्रेलियाको आयोजना साथै एनआरएनए एसिटीको सहकार्यमा यहि आउंदो १८ मार्च २०१७ शनिबारका दिन अष्ट्रेलियाको राजधानी क्यानबेरामा “अनेसास रिजनल टुर २०१७” हुने भएको छ।
अनेसास (एनएसडब्लु) कि अध्यक्ष तथा साहित्यकार सानु घिमीरेले असनेपालन्युज संग कुरा गर्दै नेपाली भाषा र साहित्य संग जोडिएको यो “अनेसास रिजनल टुर २०१७”भब्य र वृहत रुपमा सम्पन्न हुने बताएकी छन।उनले कविता,मुक्तक गजल तथा गितहरुको सुमधुर संगम रहने सो कार्यक्रममा सम्पूण साहित्यप्रेमी महानुभाबहरुमा सहभागिताको लागि अनुरोध गरेकी छन।
प्रवासमा गरिने यस्तो साहित्तिक भ्रमणले ठुलो महत्व राख्ने साहित्यकारहरु बताउंछन:
अनेसासका केन्द्रिय उपाध्यक्ष तथा साहित्यकार भीमसेन सापकोटाले प्रवासमा गरिने यस्ता साहित्तिक कार्यक्रमले नेपाली भाषा र साहित्यको आयतन अभिवृदीको निम्ती उर्जा थप्ने बताउनुभयो।साथै उहांले यस्ता साहित्तिक भ्रमणले पछिल्ला पुस्तालाई नेपाली भाषा र साहित्यप्रति अझ बढि आकर्षित गर्न मद्दत पुग्ने बताउनुभयो। अष्ट्रेलियाको राजधानी क्यानबेरामा हुने “अनेसास रिजनल टुर २०१७” ले साहित्यका सबै विधालाई समेट्ने साथै प्रवासमा गरिने साहित्तिक कार्यक्रमहरु मध्ये यो पृथक रहने बताउनुभयो।
साहित्यकार वेद कुमारि न्यौपाने तथा पुर्व अनेसास (एनएसडब्लु) का अध्यक्ष तथा साहित्यकार महेन्द्र पौडेलले यस्ता साहित्तिक कार्यक्रमलाई निरन्तरता दिनु पर्ने बताउनुभयो।
सो कार्यक्रमका विशेष आकर्षणः
कविता,मुक्तक गजल तथा गितहरुको सुमधुर संगम रहनेछ भने सो कार्यक्रम हिउजस कम्युनिटी हल क्यानबेरामा हुनेछ भने सिड्नीबाट जानको निम्ती अग्रिम बुकिङ्ग गर्न अनुरोध गरिएको छ भने बुकिङ्गको लागि युवराज ०४३११५६६३१,सानु ०५२४९८१९८३,महेश्वर ०४२५८००३८२,र ममता ०४३१४५०९३० लाई फोन सम्पर्क गर्न सकिने बताईएको छ। सो कार्यक्रम १८ मार्च २०१७ का दिन दिउंसो १ बजे देखि ५ बजे सम्म हुनेछ।








