राष्ट्रिय एकताको खाँवो मक्किँदै गएको प्रतीत हुन थालेको छ । त्यसैले राष्ट्रिय एकता दिवसको उपादेयता पनि बढेको छ । यसैलाई मध्यनजर गर्दै सिड्नीमा पृथ्वीनारायण शाहको जन्मजयन्ती सिड्नीमा मनाइएको छ ।
पुस २७ गतेको स्मरण गर्दै राष्ट्रिय एकता दिवस अष्ट्रेलियावासी नेपाली व्यवसायी र सामाजिक अभियन्ताहरुले मनाएका हुन् । २०९ पिट स्ट्रीटमा आयोजना गरिएको कार्यक्रम स्वतस्फुर्त भएको र यसलाई व्यवसायी मेघराज श्रेष्ठले संयोजन गरेको उनीहरुले जानकारी दिएका छन् ।








