काठमाडौं । सरकारको निगरानी गर्न कांग्रेसले गठन गर्न लागेको छाया सरकारमा मन्त्री बन्न सांसदले उत्साहजनक सहभागिता देखाएका छैनन् । रुचि भएका तीनवटा मन्त्रालयको नाम मागेको ६ दिन हुँदासमेत ६३ मध्ये १० सांसदले मात्र नाम टिपाएका छन् । सांसदलाई नाम टिपाउन कांग्रेसले एक हप्ताको समय दिएको थियो । नयाँ पत्रिका दैनिकमा विस्तृतमा खबर छ ।
कांग्रेसले मन्त्रालयगत संयोजक र तीनजनासम्म सदस्य बनाएर छाया सरकार चलाउने तयारी छ ।








