झापामा एक सहचालकको घाँटी रेटेर हत्या

फागुन ३०।झापा,झापाको बिर्तामोड नगरपालिका– ६ मा सुगम पेट्रोलपम्प अगाडि रोकेर राखेको ट्रकभित्र सुतिराखेका सहचालकको हत्या भएको छ । पार्किङ गरी राखिएको ना३ख ५६१५ नम्बरको ट्रकमा सहचालकको काम गर्ने फतेपुर उदयपुर घर भएका अन्दाजी २२ वर्षीय विक्रम बिष्टको ब्लेडले घाँटी काटिएको अवस्थामा शुक्रबार राति शव भेटिएको थियो ।काँकडभिट्टामा सामान पुर्याएर फर्किएको सो ट्रक खाना खानलाई सोही स्थानमा रोकिएको थियो । गाडीका गुरुजीले खाना खानलाई बोलाउन होटल साहुलाई पठाएका थिए, बोलाउँदा नआएपछि गुरुजी राति सुत्नलाई ट्रकभित्र पस्दा रगताम्य अवस्थामा विक्रमको शव फेला परेको हो ।इलाका प्रहरी कार्यालय बिर्तामोडले धरानबाट अनुसन्धानका लागि कुकुर मगाएर प्रक्रिया अघि बढाएको छ ।

सम्बन्धित शिर्षकहरु