नेपाली झन्डा सिड्नीमा फरर..

सिड्नी । अगाडिपट्टि दुबैतिर नेपाली झण्डा । कारको पछाडि राखिएको नेपाल र नेपाली पर्यटनसम्बन्धी पर्चा । यस्तो देख्दा कस्को मन फुरुंग हुँदैन ?

करिब ३ दर्जन नेपाली झण्डा र नेपालको प्रचारप्रसारयुक्त सामग्री बोकेका सवारी साधनहरुले २ घण्टासम्म १ सय २ किलोमिटर सिड्नीको शहर परिक्रमा गरे । यसको उद्देश्य थियो, नेपाली पर्यटन प्रवर्द्धन गर्ने र यहाँका विदेशीहरुलाई नेपाल घुम्न प्रेरित गर्ने, नेपालको प्रचार–प्रसार गर्ने !

नेपाल चिनाउने र विदेशीहरुलाई नेपालको पर्यटकीय क्षेत्रहरुको बारेमा जानकारी गराउने उद्देश्यले पहिलोपटक कार ऱ्याली आयोजना गरिएको थियो । ३० बढी कारहरुले नेपालको प्रचारप्रसार गर्दै सिड्नीका मुख्य क्षेत्रहरुमा र्‍याली गरे ।

नेपालीहरुको बाक्लो बसोबास रहेको रकडेलबाट ब्राइटनबीच हुँदै सिड्नीको टाउन हल, सेन्ट्रल, रेडफन लगायतका शहरहरुलाई परिक्रमा गर्दै गरिएको उक्त प्रचारात्मक र्‍यालीले नेपाली पर्यटनको राम्रो प्रचार गरेको थियो । बाटोमा हिँडिरहेका विदेशीहरुले समेत उक्त र्‍यालीलाई उत्साह र चासोका साथ हेरे ।

सम्बन्धित शिर्षकहरु