ब्रिसवेन, अष्ट्रेलिया । भाषा र भुगोलले व्यक्तिगत दक्षतालाई सिमांकन गर्दैन। तर आफ्नो भाषालाई अन्तराष्ट्रिय मञ्चमा उभ्याएर आफ्नो संस्कार र संस्कृतिको प्रतिनिधित्व गर्न पाउनु आफैंमा महत्वपुर्ण हुन्छ। त्यसमाथी पनि भाषा र सांस्कृतिक विविधताले भरिपुर्ण अष्ट्रेलिया जस्तो देशमा नेपाली भाषालाई उच्च महत्वका साथ हेरिनुले यसको आवश्यकता भोलिका दिनहरुमा अझै धेरै भएको पुष्टि हुन्छ।
अष्ट्रेलियन ईमिग्रेसन निती अनुरुप यहाँको मान्यताप्राप्त संस्था NAATI बाट नेपाली भाषा परिक्षा उत्तीर्ण गरेका दक्ष दोभाषे (Interpreter and Translator) हरूले माइग्रेसनका लागी अतिरिक्त पाँच पोइन्ट पाउने व्यवस्था गरिएको छ। आप्रवासन नितिलाई अझैं कडाइका साथ लागु गर्दै लगेको हालको अवस्थामा अतिरिक्त पाँच पोइन्टका लागी दिइने यस्तो भाषा परिक्षा सहज भने छैन।
अष्ट्रेलियाका विभिन्न सहरहरुमा यसको माग भएपनि भाषा तयारीका लागी दक्ष जनशक्तिको अभावमा नेपाली विद्यार्थीहरु यस अवसरबाट बञ्चित भएका छन्। यसै विषयलाई ध्यानमा राख्दै धेरै भन्दा धेरै विद्यार्थीहरुको माइग्रेसनका लगी सहयोग गर्ने उद्देश्यले हिमालयन बिजनेस ग्रुपले ब्रिसवेन र क्यानवेराबाट एकैसाथ नेपाली भाषा परिक्षणका कक्षाहरु संचालन गर्ने भएको छ। यहि जनवरि २९ र ३० मा ब्रिसवेनमा बसोबास गरिरहेका विद्यार्थीहरुका लागी र विद्यार्थीको माग अनुसार क्यानवेरामा पनि एकैसाथ कक्षा संचालन गर्ने व्यवस्था गरिएको छ। अनुभवि र दक्ष प्रशिक्षकहरुबाट भाषा परिक्षाका लागी आवश्यक सम्पूर्ण सामाग्रीहरुको व्यवस्था सहित कक्षा संचालन हुने भएको हो।
कक्षा संचालनका लागी हिमालयन बिजनेस ग्रुप ब्रिसवेन र यसको शाखा कार्यालय क्यानवेरामा सम्पर्क गर्न सकिनेछ।







